YouVersion लोगो
खोज आइकन

१ तिमोथी 2:1-8

१ तिमोथी 2:1-8 सरल नेपाली

अब सबैभन्दा पहिले म भन्‍छु, सबै मानिसहरूका लागि नम्र निवेदन, प्रार्थना, अन्तर्बिन्‍ती र धन्‍यवाद पनि चढाउने गर। राजाहरू र सरकारी मानिसहरूका लागि पनि प्रार्थना गर्ने गर। त्‍यसो भए हामी सुखशान्‍तिको जीवनले पूरा समय परमेश्‍वरकै भक्ति र ध्‍यानमा लाग्‍न सक्‍नेछौं। यसो गर्नु राम्रो कुरो हो र हाम्रा मुक्तिदाता परमेश्‍वरले पनि यही मन पराउनुहुन्‍छ। सबै मानिसहरू बाँचून् र सत्‍यलाई राम्ररी चिनून् भन्‍ने नै उहाँको इच्‍छा छ। परमेश्‍वर एउटै हुनुहुन्‍छ अनि मानिसहरूलाई परमेश्‍वरमा ल्‍याउने पनि एउटै मध्‍यस्‍थ हुनुहुन्‍छ। यो मध्‍यस्‍थ मानिसचाहिँ ख्रीष्‍ट येशू हुनुहुन्‍छ। सबै मानिसहरूलाई छुटकारा दिन उहाँ बलि हुनुभयो। हरेक व्यक्ति बाँचेको परमेश्‍वर चाहनुहुन्छ भन्‍ने कुरा ठीक प्रमाण यही हो। यसैकारणले म अरू जातिका मानिसहरूलाई विश्‍वास र सत्‍य शिक्षा दिने र प्रचार गर्ने राजदूत बनाइएको हुँ। मैले साँच्‍चै भनेको हुँ, ढाँटेको होइनँ। पुरुषहरूले रिस र शङ्का नलिई निर्दोष हात उठाएर प्रार्थना गरून् भन्‍ने मेरो इच्‍छा छ।

१ तिमोथी 2 पढ्नुहोस्

१ तिमोथी 2:1-8 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति