परमप्रभुले शमूएललाई फेरि बोलाउनुभयो। मलाई बोलाउने परमप्रभु हुन् भनी उनले थाहा पाएनन् किनभने अघि कहिल्यै परमप्रभु तिनीसित बोल्नुभएको थिएन। यसकारण तिनी उठेर एलीकहाँ गए र भने, “तपाईंले मलाई बोलाउनुभयो र म आएँ।” तर एलीले भने, “छोरो, मैले तँलाई बोलाइनँ, गएर सुत्।” परमप्रभुले शमूएललाई तेस्रोपल्ट बोलाउनुभयो। तिनी उठेर एलीकहाँ गए र भने, “तपाईंले मलाई बोलाउनुभयो र म आएँ।” तब एलीले थाहा पाए कि केटोलाई बोलाउनुहुने परमप्रभु हुनुहुँदो रहेछ। यसकारण उनले केटोलाई भने, “गएर सुत्। फेरि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्नू, ‘आज्ञा होस्, परमप्रभु, तपाईंको सेवकले सुनिरहेको छ।” यसकारण शमूएल फेरि ओछ्यानमा गए। परमप्रभु आएर त्यहाँ उभिनुभयो र उहाँले पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! ए शमूएल!” शमूएलले उत्तर दिए, “आज्ञा गर्नुहोस्, तपाईंको सेवकले सुनिरहेको छ।”
१ शमूएल 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 3:6-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू