एलीका छोराहरू बदमाश थिए। तिनीहरू परमप्रभुबारे अथवा पूजाहारीहरूले मानिसहरूबाट के कुरा लिन सक्थे, त्यसका नियमहरूबारे केही ध्यान दिंदैनथे। त्यसका सट्टामा कुनै मानिसले बलि चढाउँदा पूजाहारीको चाकर एउटा काँटा लिएर आउँथ्यो र मासु पाक्दै गरेको भाँडोमा काँटाले रोप्थ्यो र काँटामा जति मासु आउँथ्यो, त्यो पूजाहारीको हुन्थ्यो। शीलोमा बलि चढाउन आउने सबै इस्राएलीहरूसित त्यस्तै व्यवहार गरिन्थ्यो। त्यसमाथि बोसो उठाएर जलाउनुभन्दा अघि नै पूजाहारीको चाकर आएर बलि चढाउने मानिसलाई यसो भन्थ्यो, “पूजाहारीको निम्ति पकाउन मलाई केही मासु देऊ। तिमीबाट उनले उमालिसकेको मासु लिँदैनन्, खालि काँचो मासु मात्र लिन्छन्।” त्यस मानिसले “हामी जे कुरा ठीक छ, त्यो गरौं पहिले बोसो जलाऔं र त्यसपछि तिमी जे चाहन्छौ, त्यो लिन सक्छौ,” भन्यो भने पूजाहारीका चाकरले यसो भन्थ्यो, “होइन! मलाई मासु अहिले नै देऊ, होइन भने मैले जबरजस्ती गरेर लैजानुपर्नेछ।” एलीका छोराहरूको पाप परमप्रभुको दृष्टिमा अत्यन्त डरलाग्दो थियो किनभने परमप्रभुलाई चढाएका बलिहरूलाई तिनीहरूले यस्तो अनादर गर्थे।
१ शमूएल 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 2:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू