YouVersion लोगो
खोज आइकन

१ शमूएल 2:12-17

१ शमूएल 2:12-17 NNRV

एलीका छोराहरू दुष्‍ट थिए, परमप्रभुको निम्‍ति तिनीहरूमा श्रद्धा थिएन। मानिसहरूप्रति पूजाहारीहरूले गर्नुपर्ने व्‍यवहारको रीति यस्‍तो थियो: जब कुनै मानिसले बलिदान चढ़ाउँथ्‍यो तब मासु उम्‍लिरहँदा पूजाहारीको सेवक त्रिशूल लिएर आउँथ्‍यो, र त्रिशूलले कराही वा ताप्‍के वा तसला वा खड्‌कुँलोमा भएको मासु घोच्‍थ्‍यो, र त्‍यसरी आएको जतिचाहिँ पूजाहारीले लाने गर्थे। शीलोमा बलिदान चढ़ाउनलाई आएका सबै इस्राएलीहरूसित तिनीहरूले त्‍यस्‍तै व्‍यवहार गर्थे। बोसो जलाउन अघि नै पूजाहारीको सेवक आएर बलिदान चढ़ाउने मानिसलाई भन्‍थ्‍यो, “पूजाहारीको लागि पकाउनलाई मलाई मासु देऊ। अघिबाटै उमालेको मासु तिनी लिँदैनन्, केवल काँचो मासु मात्र लिन्‍छन्‌।” “पहिले बोसो जलाउन देऊ, र तिमीले मागेको जति लैजाऊ” भनी यदि कुनै मानिसले जवाफ दियो भने त्‍यस सेवकले यसो भन्‍थ्‍यो, “होइन, त्‍यो मलाई अहिले नै देऊ, नत्रता म जबरजस्‍ती खोसेर लैजानेछु।” ती जवान मानिसहरूको पाप परमप्रभुको दृष्‍टिमा साह्रै बढ्‌ता भयो, किनभने तिनीहरूले परमप्रभुको बलिदानलाई अवहेलना गरे।