YouVersion लोगो
खोज आइकन

१ शमूएल 17:20-23

१ शमूएल 17:20-23 सरल नेपाली

दाऊद भोलिपल्‍ट बिहानै उठे, अर्को मानिसलाई भेडाको हेरचाहा गर्न राखे, खाना बोकेर यिशैले भनेझैँ बिदा भए। इस्राएलीहरू छाउनीबाट निस्‍केर युद्धको ध्‍वनि बजाउँदै लडाइँको मैदानमा जाँदैगरेका बेलामा तिनी छाउनीमा पुगे। पलिश्‍ती र इस्राएली सेनाहरू आमुन्‍ने-सामुन्‍ने खडा भएर लड्‍न आ-आफ्‍ना ठाउँमा उभिए। सेनाका सामानहरूका जिम्‍मावाललाई खानेकुराहरू दिएर दाऊद दगुरेर लडाइँको मैदानमा पङ्क्ति बाँधेका ठाउँमा आफ्‍ना दाजुहरूकहाँ गए र तिनीहरूसित भलाकुसारी सोधे। तिनले दाजुहरूसित कुरा गर्दैगर्दा गोल्यतले अघि आई सधैँझैँ इस्राएलीहरूलाई चुनौती दिन थाल्‍यो र त्‍यो दाऊदले सुने।

१ शमूएल 17 पढ्नुहोस्