तर तिमीहरू त छानिएका जन, राजकीय पूजाहारी, पवित्र जाति, तिमीहरूलाई अन्धकारबाट अचम्मको उज्यालोमा ल्याउनुहुने परमेश्वरका आफ्नै प्रजा हौ। उहाँले तिमीहरूलाई उहाँको उदेकका कामहरू प्रचार गर्न छान्नुभएको हो। पहिले त तिमीहरू परमेश्वरका प्रजा थिएनौ। तर अहिले परमेश्वरका प्रजा भएका छौ। पहिले तिमीहरूले परमेश्वरको दया पाएका थिएनौ, अहिले उहाँको दया पाएका छौ। प्रियहरू, यस संसारमा तिमीहरू विदेशी र प्रवासीजस्तै छौ। तिमीहरूलाई बिन्ती गर्दछु, शरीरका चाहनाहरू पूरा गर्नतिर नलाग। यस्ता चाहनाहरू आत्माको विरोधमा सधैँ लड्छन्। अरू जातिका मानिसका माझमा तिनीहरूको चालचलन यस्तो राम्रो होस् कि तिनीहरूले तिमीहरूलाई नराम्रो भनेर दोस्याउँदा तिमीहरूका राम्रा काम चिन्न सकून् अनि परमेश्वरले न्याय गर्न आउनुहुँदा उहाँको प्रशंसा गरून्।
१ पत्रुस 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ पत्रुस 2:9-12
५ दिन
हाम्रो जीवनमा परमेश्वरलाई पहिलो स्थान दिनु एक पटकको घटना होइन... यो त हरेक ख्रीष्टियानको लागि जीवनभरको लामो प्रक्रिया हो। चाहे तपाईँ विश्वासमा नयाँ हुनुहुन्छ वा ख्रीष्टको "दिग्गज" अनुयायी, तपाईँले यो योजना बुझ्न र लागू गर्न र विजयी ख्रीष्टियान जीवनको लागि उच्च प्रभावकारी रणनीति बनाउन सजिलो भएको पाउनुहुनेछ। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू