YouVersion लोगो
खोज आइकन

१ पत्रुस 1:3-7

१ पत्रुस 1:3-7 सरल नेपाली

हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरको प्रशंसा होस्। येशू ख्रीष्‍टलाई मरेकोबाट जिउँदो गराएर ठूलो दयाले उहाँले हामीलाई नयाँजन्‍म दिनुभयो। यसैले हामीले जिउँदो आशा पाएका छौं। साथै स्‍वर्गमा चाहिँ परमेश्‍वर पिताले कहिल्‍यै नाश नहुने, नबिग्रने र कहिल्‍यै नहराउने आशिष्‌हरू तिमीहरूका लागि तयार पारेर राखिदिनुभएको छ। विश्‍वास गरेकाले तिमीहरूलाई परमेश्‍वरको शक्तिले मुक्तिको निम्‍ति रक्षा गर्दछ। त्‍यो मुक्ति तिमीहरूका लागि तयार गरिएको छ र आखिरी बेलामा प्रकट हुन्‍छ। यी कुराहरूमा तिमीहरू आनन्‍द मनाउने गर। हुन त, अहिले तिमीहरूले थोरै समयको लागि थरीथरीका दु:ख भोग्‍नुपरेको छ। यसको उद्देश्‍य तिमीहरूले गरेको विश्‍वास साँचो छ भनी देखाउनु हो। नाश हुन सक्‍ने सुनलाई पनि आगोमा खारेर शुद्ध पारिन्‍छ भने तिमीहरूको विश्‍वास त शुद्ध सुनभन्दा पनि धेरै दामी छ। यसकारण यो विश्‍वासलाई शुद्ध पार्न जाँचिन्‍छ। यसले गर्दा ख्रीष्‍ट देखा पर्नुहुने दिनमा तिमीहरूको मान, इज्‍जत र प्रशंसा हुन्‍छ।

१ पत्रुस 1 पढ्नुहोस्