YouVersion लोगो
खोज आइकन

१ पत्रुस 1:17-20

१ पत्रुस 1:17-20 सरल नेपाली

प्रार्थना गर्दा तिमीहरूले परमेश्‍वरलाई पिता भनी पुकार्छौ। उहाँले सबै मानिसको आ-आफूले गरेको कामअनुसार पक्षपात नगरी न्‍याय गर्नुहुन्‍छ। यसैले पृथ्‍वीमा रहुञ्‍जेल उहाँको आदर गर्ने तिमीहरूको जीवन होस्। तिमीहरूले पिता-पुर्खाहरूबाट पाएका व्‍यर्थको चालचलनबाट तिमीहरूलाई छुट्‍कारा दिनुहुँदा कति ठूलो मोल तिर्नुपर्‍यो, तिमीहरूलाई थाहै छ। त्‍यो त सुन र चाँदीजस्‍तो नाश हुने कुरा होइन। ख्रीष्‍टको बहुमूल्‍य रगतले नै तिमीहरूलाई छुट्‍कारा दिएको हो। उहाँ निर्दोष र निष्‍खोट बलि हुने पाठो हुनुहुन्‍थ्‍यो। परमेश्‍वरले संसारलाई सृष्‍टि गर्नुभन्दा पहिले नै उहाँलाई चुन्‍नुभएको थियो र तिमीहरूका लागि यी आखिरी दिनमा उहाँ प्रकट हुनुभयो।

१ पत्रुस 1 पढ्नुहोस्