तब एलियाले भने, “म मात्र एक जना परमप्रभुको अगमवक्ता रहेको छु। तर बाल देवताका ४५० जना अगमवक्ताहरू छन्। दुई वटा साँढेहरू ल्याओ। बाल देवताका अगमवक्ताहरूले एउटा साँढे लिएर त्यसलाई टुक्रा-टुक्रा गरेर काटून् र दाउरामाथि राखून्; तर आगोचाहिँ नसल्काऊन्। दोस्रो साँढे लिएर म पनि त्यसै गर्छु। तब बालका अगमवक्ताहरूले आफ्ना देवतालाई प्रार्थना गरून् र म परमप्रभुलाई प्रार्थना गर्नेछु। जसले आगो पठाएर जवाफ दिनुहुनेछ, उहाँ नै परमेश्वर हुनुहुन्छ।” मानिसहरूले जोडले कराएर त्यो कुरा स्वीकारे। तब एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू एउटा साँढे लिई तयार पार किनभने तिमीहरू धेरै छौ। आफ्ना देवतासित प्रार्थना गर; तर आगोचाहिँ नसल्काओ।” त्यहाँ ल्याएको एउटा साँढे लिएर ती अगमवक्ताहरूले तयार पारे र मध्यदिनसम्म बाल-देवतालाई प्रार्थना गरे। तिनीहरूले चिच्च्याएर भने, “हे बाल-देवता हामीलाई जवाफ दिनुहोस्!” तिनीहरू आफूले बनाएका वेदीका चारैपट्टि नाचिरहे। तर केही जवाफ आएन। मध्यदिन भएपछि एलियाले ठट्टा गर्दै तिनीहरूलाई भने, “अझ जोडले प्रार्थना गर! त्यो त देवता हो! ऊ दिउँसै सपना देख्दै होला अथवा दिसा बस्न गएको होला वा त यात्रामा गएको होला! हुन सक्छ, ऊ सुतेको छ, तिमीहरूले उसलाई उठाउनुपर्छ।” ती अगमवक्ताहरूले अझ जोडले प्रार्थना गरे र आफ्नो रीतिअनुसार आफैंलाई छुरी-कटारीले चोट पारेर रगत बहाए।
१ राजा 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 18:22-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू