YouVersion लोगो
खोज आइकन

१ राजा 15:9-15

१ राजा 15:9-15 सरल नेपाली

इस्राएलका राजा यारोबामको शासनकालको बीसौँ वर्षमा आसा यहूदाका राजा भए र उनले एकचालीस वर्ष यरूशलेममा राज्‍य गरे। अबीशालोमकी छोरी माका उनकी बज्‍यै थिइन्। आफ्‍ना पुर्खा दाऊदले झैँ आसाले परमप्रभुको दृष्‍टिमा मन पर्ने काम गरे। उनले आफ्‍ना देशबाट मूर्तिपूजा गर्ने पूजा-स्‍थलहरूमा वेश्‍यावृति गर्ने पुरुष र स्‍त्रीहरूलाई धपाए र आफ्‍ना पुर्खाहरूले बनाएका सबै मूर्तिहरू हटाए। उनले आफ्‍नी बज्‍यै माकालाई राजमाताको स्‍थानबाट हटाइदिए किनभने तिनले सन्‍तान दिने देवी अशेराको एउटा घिनलाग्‍दो मूर्ति बनाएकी थिइन्। आसाले त्‍यो मूर्ति काटेर ढालिदिए र किद्रोनको भञ्‍ज्‍याङमा जलाई भस्‍म पारिदिए। आसाले मूर्तिपूजा गर्ने पूजा-स्‍थलहरू सम्‍पूर्ण नाश नगरे पनि आफ्‍ना जीवनकालभरि उनी परमप्रभुप्रति विश्‍वासयोग्‍य रहे। आफ्‍ना बुबाले परमेश्‍वरलाई अर्पण गरेका सम्‍पूर्ण वस्‍तुहरू र आफैंले अर्पण गरेका सुन, चाँदी र अरू चीजबीज उनले मन्‍दिरमा ल्‍याए।

१ राजा 15 पढ्नुहोस्