YouVersion लोगो
खोज आइकन

१ राजा 11:23-26

१ राजा 11:23-26 सरल नेपाली

परमेश्‍वरले एल्‍यादाको छोरो रेसोनलाई पनि सोलोमनको विरुद्धमा खडा गरे। रेसोन आफ्‍ना स्‍वामी सोबाका राजा हददेजेरबाट भागेर गई एक हुल डाँकाहरूका सरदार भएका थिए। दाऊदले हददेजेरलाई जितेर उनका मित्र अरामी देशलाई नाश गरेपछि यो कुरा भएको हो। रेसोन र उनका दलका मानिसहरू दमस्‍कस गई बसे र त्‍यहाँ तिनीहरूले रेसोनलाई अरामीका राजा बनाए। सोलोमनको जीवनकालभरि रेसोनले इस्राएलसँग शत्रुता राखे। सोलोमन राजाको विरुद्धमा खडा हुने अर्को मानिस यारोबाम नाम गरेका उनकै अधिकृत थिए। उनी एफ्राइममा जेरेदाबाट आएका नबातका छोरा थिए। उनकी आमा सेरूआ नाम गरेकी विधवा थिइन्।

१ राजा 11 पढ्नुहोस्