YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 5:1-12

१ यूहन्‍ना 5:1-12 सरल नेपाली

येशूलाई मुक्ति दिने राजा ख्रीष्‍ट भनेर विश्‍वास गर्ने जति सबै परमेश्‍वरका सन्‍तान हुन्। पितालाई प्रेम गर्नेले पुत्रलाई पनि प्रेम गर्छ। परमेश्‍वरलाई प्रेम गरेर अनि उहाँको आज्ञा मानेर नै उहाँका सन्‍तानलाई हामी प्रेम गर्छौं भन्‍ने थाहा हुन्‍छ किनभने परमेश्‍वरको आज्ञा मान्‍नु नै उहाँलाई प्रेम गर्नु हो। उहाँका आज्ञाहरू त्‍यति कठिन छैनन् किनभने परमेश्‍वरको प्रत्‍येक सन्‍तानले संसारलाई नै जित्‍न सक्‍नेछ। हाम्रो विश्‍वासले नै हामी संसारलाई जित्‍छौं। कसले संसार जित्‍न सक्‍छ? येशूलाई परमेश्‍वरका पुत्र भनेर विश्‍वास गर्नेले नै संसार जित्‍छ। येशू ख्रीष्‍ट पानी र रगतले आउनुभयो, पानीले मात्र होइन, रगतले पनि हो। यो सत्‍य हो भनी पवित्र आत्‍मा नै साक्षी हुनुहुन्‍छ किनभने पवित्र आत्‍मा नै सत्‍य हुनुहुन्‍छ। तीनैवटा साक्षीहरू छन्: आत्‍मा, पानी र रगत। यी तीनैवटाले एउटै साक्षी दिन्‍छन्। मान्‍छेले दिएको साक्षीमा हामी विश्‍वास गर्दछौं। तर परमेश्‍वरले दिनुभएको साक्षी अझ बलियो छ। परमेश्‍वरले नै आफ्‍नो पुत्रको बारेमा साक्षी दिनुभएको छ। त्‍यसो हुँदा परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्नेको आफ्‍नै हृदयभित्र यही साक्षी हुन्‍छ। तर परमेश्‍वरमा विश्‍वास नगर्नेचाहिँ परमेश्‍वरको साक्षीलाई नै झूटो सम्‍झन्‍छ किनभने पुत्रको बारेमा परमेश्‍वरले दिनुभएको साक्षीलाई नै पत्‍याउँदैन। साक्षी यही हो: परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवनको मुहान उहाँका पुत्रमा छ। परमेश्‍वरको पुत्र हुनेसँग जीवन हुन्‍छ, पुत्र नहुनेसँग जीवन हुँदैन।

१ यूहन्‍ना 5 पढ्नुहोस्