प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन किनभने परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरले हामीलाई यसरी प्रेम देखाउनुभयो कि उहाँका पुत्रबाट हामीले जीवन पाऔं भनेर उहाँले आफ्नो एक मात्र पुत्रलाई संसारमा पठाउनुभयो। हामीले परमेश्वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको लागि बलिदान हुन आफ्नो पुत्रलाई पठाउनुभयो। प्रेम भनेको यही नै हो। प्यारा मित्रहरू, परमेश्वरले यसरी हामीलाई प्रेम गर्नुभएको हो भने हामीले पनि एक-अर्कालाई प्रेम गरौं। कसैले कहिल्यै परमेश्वरलाई देखेको छैन। तर हामीले एक-अर्कालाई प्रेम गर्यौं भने परमेश्वर हामीभित्र रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।
१ यूहन्ना 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ यूहन्ना 4:8-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू