YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 4:11-21

१ यूहन्‍ना 4:11-21 सरल नेपाली

प्‍यारा मित्रहरू, परमेश्‍वरले यसरी हामीलाई प्रेम गर्नुभएको हो भने हामीले पनि एक-अर्कालाई प्रेम गरौं। कसैले कहिल्‍यै परमेश्‍वरलाई देखेको छैन। तर हामीले एक-अर्कालाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीभित्र रहनुहुन्‍छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ। यसरी हामी परमेश्‍वरमा रहन्‍छौं र उहाँ पनि हामीमा रहनुहुन्‍छ भन्‍ने थाहा हुन्‍छ किनभने उहाँले हामीलाई आफ्‍नो पवित्र आत्‍मा दिनुभएको छ। परमेश्‍वर पिताले आफ्‍ना पुत्रलाई संसारमा मुक्ति दिन पठाउनुभएको हामीले देख्‍यौं र यसैको साक्षी दिन्‍छौं। येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भन्‍ने मानिसभित्र परमेश्‍वर बस्‍नुहुन्‍छ र परमेश्‍वरमा ऊ बस्‍छ। हामी आफैंले पनि परमेश्‍वरले हामीलाई प्रेम गर्नुभएको बुझ्‍दछौं र यसैमा भरोसा राख्‍छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ। प्रेममा लागिरहने मानिस परमेश्‍वरमा रहन्‍छ र परमेश्‍वर उसमा रहनुहुन्‍छ। यसरी नै हामीमा सिद्ध प्रेम भएको हुन्‍छ र न्‍यायको दिनमा हामी डराउनुपर्दैन किनभने ख्रीष्‍टजस्‍तो हुनुहुन्‍छ, हामी पनि यस संसारमा त्‍यस्‍तै छौं। प्रेममा डर हुँदैन। सिद्ध प्रेमले डर धपाइदिन्‍छ। डरले नै सजाय हुन्‍छ भनेर देखाउँछ र डराउने मानिसमा सिद्ध प्रेम हुँदैन। परमेश्‍वरले नै पहिले हामीलाई प्रेम गर्नुभएको हुनाले हामी पनि प्रेम गर्छौं। कसैले परमेश्‍वरलाई प्रेम गर्छु भन्‍छ र आफ्‍नो भाइलाई हेला गर्छ भने त्‍यो झूटो हो। आफूले देखेको भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई कसरी प्रेम गर्न सक्‍छ? जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्‍यसले आफ्‍नो भाइलाई प्रेम गर्नुपर्छ। यही नै ख्रीष्‍टले हामीलाई दिनुभएको आज्ञा हो।

१ यूहन्‍ना 4 पढ्नुहोस्