YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 4:11-19

१ यूहन्‍ना 4:11-19 सरल नेपाली

प्‍यारा मित्रहरू, परमेश्‍वरले यसरी हामीलाई प्रेम गर्नुभएको हो भने हामीले पनि एक-अर्कालाई प्रेम गरौं। कसैले कहिल्‍यै परमेश्‍वरलाई देखेको छैन। तर हामीले एक-अर्कालाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीभित्र रहनुहुन्‍छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ। यसरी हामी परमेश्‍वरमा रहन्‍छौं र उहाँ पनि हामीमा रहनुहुन्‍छ भन्‍ने थाहा हुन्‍छ किनभने उहाँले हामीलाई आफ्‍नो पवित्र आत्‍मा दिनुभएको छ। परमेश्‍वर पिताले आफ्‍ना पुत्रलाई संसारमा मुक्ति दिन पठाउनुभएको हामीले देख्‍यौं र यसैको साक्षी दिन्‍छौं। येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भन्‍ने मानिसभित्र परमेश्‍वर बस्‍नुहुन्‍छ र परमेश्‍वरमा ऊ बस्‍छ। हामी आफैंले पनि परमेश्‍वरले हामीलाई प्रेम गर्नुभएको बुझ्‍दछौं र यसैमा भरोसा राख्‍छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ। प्रेममा लागिरहने मानिस परमेश्‍वरमा रहन्‍छ र परमेश्‍वर उसमा रहनुहुन्‍छ। यसरी नै हामीमा सिद्ध प्रेम भएको हुन्‍छ र न्‍यायको दिनमा हामी डराउनुपर्दैन किनभने ख्रीष्‍टजस्‍तो हुनुहुन्‍छ, हामी पनि यस संसारमा त्‍यस्‍तै छौं। प्रेममा डर हुँदैन। सिद्ध प्रेमले डर धपाइदिन्‍छ। डरले नै सजाय हुन्‍छ भनेर देखाउँछ र डराउने मानिसमा सिद्ध प्रेम हुँदैन। परमेश्‍वरले नै पहिले हामीलाई प्रेम गर्नुभएको हुनाले हामी पनि प्रेम गर्छौं।

१ यूहन्‍ना 4 पढ्नुहोस्