YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 3:1-10

१ यूहन्‍ना 3:1-10 सरल नेपाली

अहो, हामीलाई पिताले कति धेरै प्रेम गर्नुभएको छ! उहाँको प्रेमको कारणले हामी परमेश्‍वरका सन्‍तान भनिएका हौं अनि साँच्‍चै हौं पनि। संसारले परमेश्‍वरलाई नचिनेकोले हामीलाई पनि चिन्‍दैन। प्‍यारा मित्र हो, अहिलेचाहिँ हामी परमेश्‍वरका सन्‍तान नै हौं। तर पछि हामी के हुने हौं, हामीलाई थाहा दिइएको छैन। तर ख्रीष्‍ट आउनुभएपछि हामी पनि उहाँजस्‍तै हुनेछौं किनभने उहाँ जस्‍तो हुनुहुन्‍छ, हामीले त्‍यस्‍तै नै उहाँलाई देख्‍नेछौं। ख्रीष्‍टमा यस्‍तो आशा राख्‍नेहरूले आफूलाई ख्रीष्‍टलाई जस्‍तै चोखो पारेर राख्‍छन्। पाप गरिरहनेहरूलाई व्यवस्था नमानेको दोष लाग्‍छ किनभने व्यवस्था नमान्‍नु पाप हो। तिमीहरूलाई थाहा छ कि मान्‍छेको पाप हटाउन ख्रीष्‍ट प्रकट हुनुभयो र उहाँमा पापै छैन। यसकारण ख्रीष्‍टमा रहिरहने मानिसले पाप गरिरहँदैन। पाप गरिरहनेले न त उहाँलाई देखेको हुन्‍छ न त चिनेकै हुन्‍छ। प्‍यारा बालक हो, कसैले तिमीहरूलाई भर्माउन नपाओस्! ठीक काम गर्ने मान्‍छे नै ख्रीष्‍टजस्‍तै ठीक ठहरिन्‍छ। पाप गरिरहनेचाहिँ शैतानको मानिस हो। शैतानले सुरुदेखि नै पाप गर्दैआएको छ। यसकारण शैतानको कामलाई नाश पार्न परमेश्‍वरका पुत्र प्रकट हुनुभएको छ। परमेश्‍वरको बालकले पाप गरिरहँदैन किनभने उसमा परमेश्‍वरकै स्‍वभाव परेको हुन्‍छ। उसले पाप गरिरहनै सक्‍दैन किनभने परमेश्‍वर नै उसका पिता हुनुहुन्‍छ। परमेश्‍वरका सन्‍तान र शैतानका सन्‍तानलाई यसरी नै चिन्‍न सकिन्‍छ कि परमेश्‍वरको अघि ठीक काम नगर्ने र आफ्‍ना दाजुभाइलाई माया नगर्नेचाहिँ परमेश्‍वरको सन्‍तान होइन।

१ यूहन्‍ना 3 पढ्नुहोस्