मेरा बालकहरू, यो आखिरी समय हो। ख्रीष्टविरोधी आउँदै छ भनेर तिमीहरूलाई भनिएको थियो। ख्रीष्टका धेरै शत्रुहरू त अघि नै आइसके। यसैबाट हामीले यो आखिरी समय हो भनेर थाहा पाउनेछौं। तिनीहरू हाम्रा थिएनन् र त्यसैले हामीलाई छोडेर गए। यदि हाम्रा भए हामीसँगै रहने थिए। तिनीहरू हाम्रा होइनन् भन्ने कुरा छर्लङ्ग हुन तिनीहरूले हामीलाई छोडेका हुन्। तर तिमीहरूलाई चाहिँ ख्रीष्टले पवित्र आत्मा खन्याइदिनुभएको छ र सत्य तिमीहरू सबैले जान्दछौ। तिमीहरू सत्यलाई चिन्दैनौ भनेर लेखेको होइन, तर तिमीहरूले सत्यलाई चिन्दछौ भनेरै लेखेको हुँ। सत्यबाट झूटो निक्लिँदैन भन्ने कुरा पनि तिमीहरूलाई थाहै छ। अनि झूटो को हो त? येशू ख्रीष्ट मुक्तिदिने राजा हुनुहुन्न भन्ने नै झूटो हो। त्यस्तो व्यक्ति नै ख्रीष्टविरोधी हो। यसले परमेश्वर पिता र पुत्र कसैलाई मान्दैन। पुत्रलाई नमान्नेले पितालाई नै मान्दैन अनि पुत्रलाई मान्नेले पितालाई पनि मान्दछ। त्यसो हुँदा तिमीहरूले सुरुदेखि नै सुनेका शिक्षालाई मनमा लिइराख। तिमीहरूले सुनेका शिक्षा तिमीहरूको मनमा छ भने परमेश्वर पिता र पुत्रमा तिमीहरू पनि रहनेछौ। उहाँले प्रतिज्ञा गर्नुभएको अनन्त जीवन यही नै हो। यी सबै कुरा तिमीहरूलाई भर्माउनेहरूको बारेमा लेखेको हुँ। तर तिमीहरूमाथि चाहिँ ख्रीष्टले आफ्नो पवित्र आत्मा खन्याइदिनुभएको छ। तिमीहरूमा पवित्र आत्मा रहनुभएसम्म कसैले पनि तिमीहरूलाई सिकाउनुपर्दैन किनभने पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुन्छ। उहाँले सिकाउनुभएको कुरा सत्य हुन्छ, झूटो हुँदैन। पवित्र आत्माले दिनुभएको शिक्षा मानेर ख्रीष्टमा रहने गर।
१ यूहन्ना 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ यूहन्ना 2:18-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू