YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 2:15-21

१ यूहन्‍ना 2:15-21 सरल नेपाली

संसार र संसारका कुराहरूलाई प्रेम नगर। कसैले संसारलाई प्रेम गर्छ भने उसले परमेश्‍वरलाई प्रेम गर्दैन। संसारमा भएका कुराहरू आँखाको लालच, शरीरको कुइच्‍छा र जीवनको घमण्‍ड– यी कुराहरू परमेश्‍वर पिताबाट आएका होइनन्। यी त संसारकै कुराहरू हुन्। संसार र संसारका कुइच्‍छाहरू नाश भएर जान्‍छन्, तर परमेश्‍वरको इच्‍छामा लागिरहने मान्‍छेचाहिँ सधैँभरि रहिरहन्‍छ। मेरा बालकहरू, यो आखिरी समय हो। ख्रीष्‍टविरोधी आउँदै छ भनेर तिमीहरूलाई भनिएको थियो। ख्रीष्‍टका धेरै शत्रुहरू त अघि नै आइसके। यसैबाट हामीले यो आखिरी समय हो भनेर थाहा पाउनेछौं। तिनीहरू हाम्रा थिएनन् र त्‍यसैले हामीलाई छोडेर गए। यदि हाम्रा भए हामीसँगै रहने थिए। तिनीहरू हाम्रा होइनन् भन्‍ने कुरा छर्लङ्ग हुन तिनीहरूले हामीलाई छोडेका हुन्। तर तिमीहरूलाई चाहिँ ख्रीष्‍टले पवित्र आत्‍मा खन्‍याइदिनुभएको छ र सत्‍य तिमीहरू सबैले जान्‍दछौ। तिमीहरू सत्‍यलाई चिन्‍दैनौ भनेर लेखेको होइन, तर तिमीहरूले सत्‍यलाई चिन्‍दछौ भनेरै लेखेको हुँ। सत्‍यबाट झूटो निक्लिँदैन भन्‍ने कुरा पनि तिमीहरूलाई थाहै छ।

१ यूहन्‍ना 2 पढ्नुहोस्