प्यारा बालकहरू हो, तिमीहरूले पाप नगर भनेर तिमीहरूलाई यो लेख्दै छु। तर कसैले पाप गरिहाल्यो भने पनि हाम्रो पक्षमा परमेश्वरसँग बिन्ती गरिदिनुहुने एक जना धार्मिक येशू ख्रीष्ट हामीसँग हुनुहुन्छ। उहाँ हाम्रो पाप मेट्न नै बलिदान हुनुभएको हो। हाम्रो लागि मात्र होइन, तर सबै मानिसका लागि हो। हामीले उहाँको आज्ञा मान्ने गर्यौं भने साँच्चै हामीले उहाँलाई चिनेका रहेछौं भनेर थाहा हुन्छ। कसैले उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञा मान्दैन भने त्यो झूटो हो अनि त्यसमा सत्य हुँदैन। तर जसले उहाँको वचन मान्ने गर्छ, उसले परमेश्वरलाई पूरा प्रेम गरेको हुन्छ। यसैबाट हामी उहाँमा छौं भनेर जान्नेछौं। परमेश्वरमा छु भन्ने मानिसले ख्रीष्टकै जस्तो चालचलनमा हिँड्नुपर्छ। प्रिय भाइहरू, तिमीहरूलाई लेखेको यो आज्ञा नयाँ होइन। तर सुरुदेखि नै चलिआएको पुरानो आज्ञा हो अनि तिमीहरूले सुनेका शिक्षा नै पुरानो आज्ञा हो। तैपनि मैले लेख्न लागेका आज्ञाचाहिँ नयाँ हो। यसको सत्य ख्रीष्टमा देखा परेको छ र तिमीहरूमा पनि देखिन्छ किनभने अँध्यारो हराउँदै जाँदै छ र उज्यालो आउन थालिसकेको छ। कसैले उज्यालोमा छु भन्छ तर आफ्नो भाइलाई नै हेला गर्छ भने त्यो अझै अन्धकारमा नै छ। आफ्नो भाइलाई माया गर्नेचाहिँ उज्यालोमा हुन्छ र अरूलाई बाधा हुने कुनै कुरा उसमा हुँदैन। भाइलाई हेला गर्नेचाहिँ अँध्यारोमा हुन्छ। अँध्यारोमा हिँड्दा कहाँ जाँदै छ, उसलाई पत्तो हुँदैन किनभने अँध्यारोको कारणले आँखा देख्दैन।
१ यूहन्ना 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ यूहन्ना 2:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू