YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 1:3-9

१ यूहन्‍ना 1:3-9 सरल नेपाली

तिमीहरू पनि हामीसँग संगति गर भनेर नै हामीले जे देखेका र सुनेका छौं, त्‍यो तिमीहरूलाई प्रचार गर्दछौं। हाम्रो संगतिचाहिँ परमेश्‍वर पिता र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ। हाम्रो आनन्‍द पूरा होस् भनेर नै हामी यो लेख्‍दै छौं। अब हामीले परमेश्‍वरका पुत्रबाट सुनेको सन्‍देश यही हो– परमेश्‍वर नै उज्‍यालो हुनुहुन्‍छ र उहाँमा रत्तिभर अँध्‍यारो छैन। हामी उहाँको संगतिमा छौं भनी भन्‍छौं, तर अन्‍धकारमा नै बस्‍छौं भने हामी काम-कुरा दुवैमा झूटो छौं। तर उहाँ उज्‍यालोमा हुनुभएजस्‍तै हामी पनि उज्‍यालोमा रह्यौं भने हामीहरू एक-अर्काको संगतिमा रहन्‍छौं अनि परमेश्‍वरका पुत्र येशूको रगतले हामीलाई सबै पापदेखि शुद्ध पार्छ। हामीले आफूमा पाप छैन भन्‍यौं भने हामी आफैंलाई धोखा दिन्‍छौं र हामीमा सत्‍य हुँदैन। तर हामीले आफ्‍ना पाप परमेश्‍वरको सामु मानिलियौं भने उहाँले हाम्रो पाप मेटिदिनुहुनेछ र सबै नराम्रा कुराबाट शुद्ध गर्नुहुनेछ किनभने उहाँ विश्‍वासयोग्‍य र न्‍यायी हुनुहुन्‍छ।

१ यूहन्‍ना 1 पढ्नुहोस्