१ कोरिन्थी 7:6-9

१ कोरिन्थी 7:6-9 सरल नेपाली

म यो कुरा आज्ञा दिएर त होइनँ तर छुट दिएर भन्‍दै छु। हुन त सबै मजस्‍तै भएकै राम्रो हुन्‍थ्‍यो, सबैले परमेश्‍वरबाट भिन्‍दाभिन्‍दै वरदान पाएका छन्। एउटासँग एक किसिमको वरदान छ भने अर्कोसँग अर्कै किसिमको छ। अब म बिहे नभएकाहरू र विधवाहरूलाई भन्‍दै छु। तिमीहरूले बिहे नगरीकन मजस्‍तै बस्‍नु राम्रो हो। तर तिमीहरू मन थाम्‍न सक्‍दैनौ भने बिहे गर। तिर्सनाले जल्‍नुभन्दा बिहे गर्नु राम्रो हो।

१ कोरिन्थी 7 पढ्नुहोस्