YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 7:36-40

१ कोरिन्थी 7:36-40 सरल नेपाली

कसैको मगनी भएको छ र त्‍यस मानिसले मगनी भएकी केटीप्रति उचित व्यवहार नगरेको ठान्छ र त्‍यो केटीको उमेर पुगिसकेको छ र बिहे गर्न चाहन्‍छ भने तिनीहरूलाई बिहे गर्न देओ। उसलाई पाप लाग्‍दैन। तर यदि त्‍यस मानिसको मन बलियो छ र कुनै करमा परेको छैन भने अनि आफ्‍नो इच्‍छालाई पूर्ण वशमा राखेको छ र मगनी भएकी केटीलाई बिहे गर्न चाहँदैन भने ठीकै छ। जसले मगनी भएकी केटीलाई बिहे गर्छ, त्‍यस मान्‍छेले असलै गर्छ, तर बिहे गरेन भने झन् राम्रो हो। लोग्‍ने बाँचुञ्‍जेल स्‍वास्‍नीचाहिँ लोग्‍नेमा बाँधिएकी हुन्‍छे; तर लोग्‍ने मर्‍यो भने उसले कसैसँग फेरि बिहे गर्न सक्‍छे। तर योचाहिँ ख्रीष्‍टियान बिहे हुनुपर्छ। तर उसले बिहे नगरी बस्‍छे भने उसलाई शान्‍ति हुनेछ। यो मेरो विचार हो अनि मलाई लाग्‍छ, मसँग परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ।

१ कोरिन्थी 7 पढ्नुहोस्