YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 7:36-40

१ कोरिन्थी 7:36-40 NNRV

यदि कुनै मानिसले आफूसँग मगनी भइसकेकी कन्‍यासँग अनुचित व्‍यवहार गरेको ठान्‍छ, र यदि त्‍यस कन्‍याको उमेर पनि ढल्‍कँदैगएको छ भने, उसले विवाह गर्न चाहे विवाह गर्न सक्‍छ। यसमा पाप छैन। तिनीहरूको विवाह हुनैपर्छ। तर जुन मानिसले आफ्‍नो मन पक्‍का गरिसकेको छ, जो कुनै करकापमा परेको छैन, तर आफ्‍नो इच्‍छालाई वशमा राख्‍न सक्‍छ, र जसले कन्‍यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ, भने— यस्‍तो मानिसले पनि ठीकै गर्दछ। यसरी जसले कन्‍यालाई विवाह गर्छ, उसले ठीकै गर्छ, तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ। पति बाँचुञ्‍जेल पतिकै बन्‍धनमा पत्‍नी रहन्‍छे। तर पतिको मृत्‍यु भएपछि त्‍यसले इच्‍छा गरेको व्‍यक्तिसँग त्‍यो विवाह गर्न स्‍वतन्‍त्र हुन्‍छे, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ। तर त्‍यो त्‍यसै बस्‍छे भने झन्‌ सुखी हुन्‍छे, यो मेरो विचार हो, अनि म सम्‍झन्‍छु कि ममा पनि परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ।