YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 4:7-14

१ कोरिन्थी 4:7-14 सरल नेपाली

कसले तिमीलाई अरूभन्दा ठूलो बनायो? के तिमीसँग भएका कुरा परमेश्‍वरले नै दिनुभएको होइन र? त्‍यसो भए किन तिमी कसैले दिएकै होइनजस्‍तै गरी घमण्‍ड गर्छौ? चाहिए जति सबै तिमीहरूले पाएका छौ रे? तिमीहरू धनी भएका छौ रे? हामी नभए पनि के तिमीहरू राजा भयौ? साँच्‍चै तिमीहरू राजा नै भएको राम्रो हुन्‍थ्‍यो अनि तिमीहरू राजा हुँदा हामी पनि राजा हुन सक्‍नेथियौं किनभने मलाई यस्‍तो लाग्‍छ, हामी प्रेरितहरूलाई चाहिँ परमेश्‍वरले सबैभन्दा तल्‍लो ठाउँमा राख्‍नुभएको छ। परमेश्‍वरले नै हामीलाई संसार, स्‍वर्गदूत र मानिसका अघि ज्‍यान सजाय पाउने मानिसहरूलाई झैँ तमाशा बनाउनुभयो। ख्रीष्‍टको लागि हामीहरू मूर्ख भएका छौं, तर तिमीहरूचाहिँ ख्रीष्‍टमा रहेर ज्ञानी छौ। हामी बल नभएका छौं, तिमीहरू बलिया छौ। हाम्रो घृणा हुन्‍छ, तिमीहरूको मान-मनितो। अहिले पनि हामीहरू खान-पिउन नपाएर भोकभोकै हिंड्छौं, झुत्रे-झाम्रे लुगा लगाएका छौं, हामी कुटिएका छौं, हाम्रो घरबार छैन अनि खान-लाउन हामीले आफ्‍नै हातले मेहनत गर्छौं। अरूले सराप्‍दा हामी आशीर्वाद दिन्‍छौं। सताउँदा सहन्‍छौं। हाम्रो बेइज्‍जती हुँदा हामी मीठै बोली गर्छौं। हामी संसारको फोहर नै भएका छौं र अहिले पनि मैला फाल्‍ने कसिङ्गरजस्‍तै छौं। तिमीहरूलाई लाजमा पार्न होइन, आफ्‍नै प्‍यारा बालकहरूलाई झैँ तिमीहरूलाई सल्‍लाह दिन यो लेख्‍दछु

१ कोरिन्थी 4 पढ्नुहोस्