YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 2:11-16

१ कोरिन्थी 2:11-16 सरल नेपाली

मानिसको बारेमा सबै थोक जान्‍ने उसैको भित्र रहेको आत्‍मा हो। अरू कसले जान्‍न सक्‍छ र? त्‍यसै गरी परमेश्‍वरको आत्‍माले मात्र परमेश्‍वरका सबै कुरा जान्‍नुहुन्‍छ। हामीले संसारको आत्‍मा पाएनौं, तर परमेश्‍वरको आत्‍मा पाएका छौं। परमेश्‍वरले हामीलाई दिनुभएका सबै कुरा जान्‍न सकौं भनेर नै हामीले यो पायौं। यसैले हामी मानिसको ज्ञानले सिकाएको कुरा बोल्‍दैनौं, तर आत्‍माले सिकाउनुभएका कुराहरू बोल्‍छौं अनि आत्‍मा हुनेहरूलाई नै हामी आत्‍माका सत्‍य कुराहरू बुझाउँछौं। परमेश्‍वरको आत्‍मा नहुने मानिसले आत्‍माका दानहरू लिंदैन किनभने यो उसको लागि मूर्ख कुरो हो। यो आत्‍माबाट नै बुझिने भएकोले उसले यो बुझ्‍नै सक्‍दैन। परमेश्‍वरको आत्‍मा हुने मानिसले चाहिँ सबै कुराको जाँच-बुझ गर्न सक्‍तछ, तर उसलाई भने कसैले जाँच्‍न सक्‍दैन। धर्मशास्‍त्र भन्‍छ, “प्रभुको मन कसले जान्‍दछ र कसले उहाँलाई सिकाउने?” तर हामीले चाहिँ ख्रीष्‍टको मन पाएका छौं।

१ कोरिन्थी 2 पढ्नुहोस्