हामी एकातिर ख्रीष्ट मरेकोबाट बिउँतनुभयो भनेर प्रचार गर्छौं, अर्कोतिरचाहिँ मरेकाहरू बिउँतदैनन् भनी तिमीहरूका माझमा कति जना हिंड्छन्। यो कसरी हुन सक्छ? मरेकाहरू नबिउँतने भए ख्रीष्ट पनि बिउँतनुभएन। ख्रीष्ट नबिउँतनुभएको भए हामीले गरेको प्रचार र तिमीहरूको विश्वास पनि व्यर्थ हो। योभन्दा बढी हामी परमेश्वरको बारेमा झूटो बोल्ने ठहरिन्छौं किनभने परमेश्वरले ख्रीष्टलाई बिउँताउनुभयो भनेर हामीले नै साक्षी दिएका छौं। तर मरेकाहरू नबिउँतने भए परमेश्वरले उहाँलाई बिउँताउनुहुने थिएन। मरेकाहरू बिउँतदैनन् भने परमेश्वरले ख्रीष्टलाई पनि बिउँताउनुभएन। ख्रीष्ट बिउँताइनुभएको होइन भने तिमीहरूको विश्वास पनि झूटो हो र तिमीहरू अझै आफ्नै पापमा छौ। त्यसो हो भने ख्रीष्टमा विश्वास गरेर मर्नेहरू पनि सबै नष्ट भए। ख्रीष्टमा हाम्रो आशा यस जीवनमा मात्र छ र यस जीवनपछि छैन भने हामी सबै मानिसहरूभन्दा दयालाग्दाहरू हौं।
१ कोरिन्थी 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 15:12-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू