त्यसैगरी तिमीहरू सबै खीष्टका शरीर हौ। हरेक त्यसका अङ्गहरू हौ। परमेश्वरले नै मण्डलीमा यसरी राखिदिनुभएको छ– पहिला प्रेरितहरू (प्रेरितहरू), दोस्रो अगमवक्ताहरू, तेस्रो सिकाउने गुरु अनि अचम्मका काम गर्नेहरू, त्यसपछि बिरामी निको पार्ने वरदान पाएकाहरू, अरूलाई सघाउनेहरू, देखरेख गर्नेहरू र विभिन्न भाषा बोल्ने वरदान पाएकाहरू राखिदिनुभएको छ। सबै प्रेरित, सबै अगमवक्ता, सबै सिकाउने गुरु हुँदैनन्। सबैले अचम्मका काम गर्दैनन्। सबैसँग निको पार्ने वरदान हुँदैन। सबैले अन्य भाषामा बोल्दैनन्। सबैले अन्य भाषाको अर्थ खोल्न सक्दैनन्। तर पवित्र आत्माका सबैभन्दा ठूला वरदानहरू पाउनचाहिँ ठूलो इच्छा राख। म अझ राम्रो बाटोको बारेमा अब तिमीहरूलाई बताउँछु।
१ कोरिन्थी 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 12:27-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू