YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 12:14-20

१ कोरिन्थी 12:14-20 सरल नेपाली

किनभने मानिसको शरीर एउटै अङ्गले बनिएको होइन, तर धेरै अङ्ग मिलेर बनेको छ। खुट्टाले म हात होइनँ। त्‍यसैकारण म शरीरको होइनँ भन्‍दैमा के खुट्टा शरीरको नहुने हो र? कानले म आँखा होइनँ। त्‍यसैकारण म शरीरको होइनँ भन्‍दैमा ऊ शरीरको नहुने हो र? पूरै शरीरमा आँखा मात्रै भयो भने केले सुन्‍ने? र कान मात्रै भयो भने केले सुँघ्‍ने? शरीरमा भएका अङ्गहरू परमेश्‍वरले आफ्‍नै इच्‍छाले शरीरमा राखिदिनुभएको हो। एउटै अङ्गले पूरै शरीर ढाक्‍यो भने शरीर हुने नै थिएन। अङ्गहरू धेरै छन्, तर शरीरचाहिँ एउटै छ।

१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:14-20 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति