YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 10:9-13

१ कोरिन्थी 10:9-13 सरल नेपाली

तिनीहरूमध्ये कतिले गरेजस्‍तो प्रभु परमेश्‍वरको जाँच हामी नगरौं। प्रभुको जाँच गरेकोले नै तिनीहरूलाई सर्पले सखाप पार्‍यो। तिनीहरूझैँ हामी गनगनाउनुहुँदैन। तिनीहरूलाई मृत्‍युको दूतले सखाप पारेको थियो। तिनीहरूमा भएका यी सबै कुरा नमुनाका लागि भए र हामीलाई होशियार गराउन लेखिए। हामीहरू अब संसारको अन्‍त हुने बेलामा आइपुगेका छौं। राम्ररी उभिएको छु भन्‍नेले होश पुर्‍याओस्, नत्र ऊ लड्‍नेछ। तिमीहरूका जीवनमा आइपर्ने सबै जाँचहरू मानिसलाई आउने किसिमकै हुन्‍छ। परमेश्‍वर विश्‍वासी हुनुहुन्‍छ अनि सहनै नसक्‍ने गरी तिमीहरूको जाँच हुन दिनुहुन्‍न। उहाँले जाँचबाट पार हुने बाटो पनि बनाइदिनुहुन्‍छ र जाँच हुँदा तिमीहरूले त्‍यसलाई सहन सक्‍छौ।

१ कोरिन्थी 10 पढ्नुहोस्