१ इतिहास 7
7
इस्साखारका सन्तानहरू
1इस्साखारका चार छोरा थिए– तोला, पूवा, याशूब र शिम्रोन।
2तोलाका छ छोराहरू थिए– उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल। तिनीहरू तोला गोत्रका परिवारहरूका प्रधान र प्रसिद्ध योद्धाहरू थिए। दाऊद राजाको समयमा तिनीहरूका सन्तानको सङ्ख्या २२,६०० थियो।
3उज्जीको एउटा छोरो यिज्यही थिए। यिज्यही र तिनका चार छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्याह परिवार-परिवारका प्रधान थिए। 4तिनीहरूका यति धेरै स्वास्नीहरू र छोरा-छोरीहरू थिए कि तिनीहरूले सैनिक सेवाको निम्ति ३६,००० पुरुष दिन सक्थे। 5इस्साखार कुलका परिवारका सरकारी सूचीमा सैनिक सेवा गर्न लायक ८७,००० पुरुषका नाम थिए।
बेन्यामीन र दानका सन्तानहरू
6बेन्यामीनका तीन छोराहरू थिए– बेला, बेकेर र येदीएल।
7बेलाका पाँच छोराहरू थिए– यसम्बोन, उज्जी, उज्जीएल, यरीमोत र ईरी। तिनीहरू आफ्ना गोत्रका परिवारहरूका प्रधान र प्रसिद्ध योद्धाहरू थिए। तिनका सन्तानमा सैनिक सेवा गर्न लायक २२,०३४ पुरुष थिए।
8बेकेरका नौ छोराहरू थिए– जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत। 9सरकारी सूचीअनुसार तिनका सन्तानका परिवारहरूबाट सैनिक सेवा गर्न लायक २०,२०० पुरुषका नाम थिए।
10येदीएलको एउटा छोरा बिल्हान थिए। बिल्हानका सात छोराहरू थिए– येऊश, बेन्यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर। 11तिनीहरू आफ्ना गोत्रका परिवारहरूका प्रधान र सबै प्रसिद्ध योद्धाहरू थिए। तिनका सन्तानमा सैनिक सेवा गर्न लायक १७,२०० पुरुषहरू थिए। 12शुप्पी र हुप्पी यही कुलका थिए।
दानका एउटा छोरा– हुशीम थिए।
नप्तालीका सन्तानहरू
13नप्तालीका चार छोराहरू थिए– यहसेल, गुनी, येसेर र शिल्लेम। (तिनीहरू बिल्हाका सन्तानहरू थिए।)
मनश्शेका सन्तानहरू
14अरामी रखौटीबाट मनश्शेका दुई छोराहरू भए, अस्रीएल र माकीर। माकीर गिलादका बुबा थिए। 15माकीरले हुप्पी र शुप्पीका निम्ति एक-एक वटी स्वास्नी ल्याइदिए। माकीरकी बहिनीको नाम माका थियो। माकीरको दोस्रो छोरो सलोफाद थिए। सलोफादका छोरीहरू मात्र थिए।
16माकीरकी स्वास्नी माकाले दुई छोरा जन्माइन्। तिनको नाम तिनीहरूले पेरेश र शेरेश राखे। पेरेशका दुई छोरा थिए– ऊलाम र राकेम, 17अनि ऊलामको एक जना बदान नाम गरेको छोरो थियो। यिनीहरू नै माकीरको छोरो मनश्शेको नाति गिलादका सन्तानहरू हुन्।
18गिलादकी बहिनी हम्मोलेकेतका तीन छोराहरू थिए– ईशोद, अबीएजेर र महला 19(शमीदाका चार छोरा थिए– अहियन, शकेम, लिखी र अनीआम।)
एफ्राइमका सन्तानहरू
20एफ्राइमका सन्तानहरू यी हुन्– शूतेलह, बेरेद, तहत, एलादा, तहत 21जाबाद, शूतेलह। एफ्राइमका शूतेलहबाहेक अरू दुई छोराहरू थिए– एसेर र एलाद। ती दुई गातका आदिवासीहरूका गाई-गोरु चोर्ने चेष्टा गर्दा मारिएका थिए। 22तिनीहरूका बुबा एफ्राइमले धेरै दिन तिनीहरूको निम्ति शोक गरे र उनका दाजुभाइहरू उनलाई सान्त्वना दिन आए। 23त्यसपछि उनी फेरि आफ्नी स्वास्नीसित सुते र तिनले गर्भवती भएर एउटा छोरो जन्माइन्। आफ्ना परिवारमा परेको कष्टको कारणले बच्चाको नाम तिनीहरूले बरीआ राखे।
24एफ्राइमकी एउटी शेराह नाउँ गरेकी छोरी थिइन्। तिनले माथिल्लो र तल्लो बेथ-होरोन र उज्जेन-शेराह सहरहरू बसालिन्।
25एफ्राइमको एउटा रपाह नाम गरेको छोरा पनि थिए। रपाहका सन्तान यी हुन्– रेशेप, तेलह, तहन, 26लादान, अम्मीहूद, एलीशामा, 27नून र यहोशू।
28तिनीहरूले अधीन गरी बसोबास गरेका देशभित्र बेथेल र त्यसका चारैतिरका सहरहरू, पूर्वमा नारान र पश्चिममा गेजेरसम्म र त्यसका चारैतिरका सहरहरू पनि पर्थे। त्यसभित्र शकेम र अय्याह र तिनका चारैपट्टिका सहरहरू पनि पर्थे।
29मनश्शेका सन्तानले बेथ-शान, तानाक, मगिद्दो र डदोर अनि तिनका चारैपट्टिका सहरहरू आफ्ना हातमा लिएका थिए।
यी सबै ठाउँहरूमा याकूबको छोरो योसेफका सन्तानहरू बस्थे।
आशेरका सन्तानहरू
30आशेरका सन्तानहरू यी हुन्। तिनका चार छोरा थिए– यिम्ना, यिश्वा, यिश्वी र बरीआ अनि एउटी छोरी– सेरह।
31बरीआका दुई छोराहरू थिए– हेबेर, मल्कीएल। (मल्कीएलले बिर्जेत सहर बसाले।)
32हेबेरका तीन छोराहरू थिए– यप्लेत, शोमेर र होताम र एउटी छोरी शूअ।
33यप्लेतका पनि तीन छोराहरू थिए– पासक, बिम्हाल र अश्वात।
34उनका भाइ शोमेरका चार छोराहरू थिए– अही, रोहगा, हूब्बा र अराम।
35उनका भाइ हेलेमका चार छोराहरू थिए– सोपह, यिम्न, शेलेश र आमाल।
36सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह, 37बेसेर, होद, शामा, शिल्शा, यित्रान र बीरा थिए।
38येतेरका सन्तान यपुन्ने, पिस्पा र अरा थिए।
39उल्लाका सन्तान आरा, हन्नीएल र रिसिया थिए।
40यी सबै आशेरका सन्तानहरू हुन्। तिनीहरू परिवार-परिवारका प्रधान र लडाइँ गर्न नाम चलेका पुरुषहरू थिए, तिनका बराबरी अरू कोही अगुवा थिएनन्। आशेरका सन्तानमा सैनिक सेवा गर्न लायक २६,००० पुरुष थिए।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 7: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.