१ इतिहास 8
8
बेन्यामीनका सन्तानहरू
1बेन्यामीनका पाँच छोराहरू थिए। तिनका उमेरअनुसार जेठो बेला, माहिलो अश्बेल, साहिँलो अहरह, 2काहिँलो नोहा र कान्छो रफा थिए।
3बेलाका सन्तान अद्दार, गेरा, अबीहूद, 4अबीशू, नामान, अहोह, 5गेरा, शपूपान र हुराम थिए।
6-7एहूदका सन्तान नामान, अहियाह र गेरा थिए। तिनीहरू गेबामा बास गर्ने ती परिवारका प्रधान थिए, जुनहरूलाई गेबा छोडी निस्कन कर लागेको थियो र मानहतमा गई बसेका थिए। उज्जा र अहीहूदका बुबा गेराले त्यस काममा तिनीहरूको अगुवाइ गरेका थिए।
8-9सहरेमले दुई वटी स्वास्नी हूशीम र बारासित छुटानाम गरे। पछिबाट मोआब देशमा बास गरेका बेलामा तिनले होदेशलाई विवाह गरे र तिनबाट सात छोराहरू जन्मे– योबाब, सिबिअ, मेशा, मल्काम, 10यूस, साकिया र मिर्मा। सहरेमका छोराहरू सबै गोत्र-गोत्रका प्रधान थिए।
11हूशीमबाट पनि उनका दुई छोराहरू अहीतूब र एल्पाल जन्मे।
12एल्पालका तीन छोराहरू थिए– एबेर, मिशाम र शेमेद। ओनो र लोद सहरहरू र तिनका चारैपट्टिका गाउँबस्तीहरू बसाल्ने शेमेद थिए।
गात र अय्यालोनका बेन्यामीनीहरू
13गातमा बस्ने मानिसहरूलाई धपाउने र अय्यालोन सहरमा बसोबास गर्ने परिवारका प्रधानहरू बरीआ र शेमा थिए। 14बरीआका सन्तानमा अहियो, शाशक, यरेमोत, 15जबदियाह, आराद, एदेर, 16मिखाएल, यिश्पा र योहा थिए।
यरूशलेमका बेन्यामीनीहरू
17एल्पालका सन्तानका जबदियाह, मशुल्लाम, हिज्की, हेबेर, 18यिश्मरै, यिज्लीअ र योबाब थिए।
19शिमीका सन्तानका याकीम, जिक्री, जब्दी, 20एलीएनै, सिल्लतै, एलीएल, 21अदायाह, बरायाह र शिम्रात थिए।
22शाशकका सन्तानमा यिश्पान, एबेर, एलीएल, 23अब्दोन, जिक्री, हानान, 24हनन्याह, एलाम, अन्तोतियाह, 25यिपदिया र पनूएल थिए।
26यरोहामका सन्तान शम्शरै, सहर्याह, अतल्याह, 27यारेश्याह, एलिया र जिक्री थिए।
28यिनीहरू परिवार-परिवारका पुर्ख्यौलीदेखिका प्रधान र यरूशलेममा बास गर्ने मुख्य-मुख्य पुरुषहरू थिए।
गिबोन र यरूशलेमका बेन्यामीनीहरू
29यीएलले गिबोन सहर बसाले र त्यहाँ बस्न लागे। उनकी स्वास्नीको नाम माका 30र जेठो छोराको नाम अब्दोन थियो। उनका अरू छोराहरू सूर, कीश, बाल, नेर, नादाब, 31गदोर, अहियो, जेकेर 32र मिक्लोत थिए। मिक्लोत शिमाहका बुबा थिए। उनका सन्तान आफ्ना गोत्रका अरू परिवारहरूछेउ यरूशलेममा बास गर्थे।
शाऊल राजाका सन्तान
33नेर कीशका बुबा र कीशचाहिँ शाऊल राजाका बुबा थिए। शाऊलका चार छोरा थिए– जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बाल। 34जोनाथन मरीब्बालका बुबा थिए र मरीब्बाल मीकाका बुबा थिए।
35मीकाका चार छोराहरू थिए: पीतोन, मेलेक, तारे र आहाज। 36आहाज यहोअदाका बुबा थिए। आलेमेत, अज्मावेत र जिम्री यी तीनका बुबा यहोअदा थिए। जिम्री मोसका बुबा थिए। 37मोसका छोरा बिनेका, बिनेकाका छोरा रफाह, रफाहका छोरा एलासा र एलासाका छोरा आसेल थिए।
38आसेलका छ छोराहरू थिए— अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। 39आसेलका भाइ एशेकका तीन छोराहरू थिए— ऊलाम, येऊश र एलीपेलेत।
40ऊलामका छोराहरू नाम चलेका सिपाही र सिपालु धनुर्धारीहरू थिए। तिनका नाति-पनातिहरू जम्मा डेढ सय जना थिए। ज-जसका नाम माथि लेखिएका छन्, उनीहरू बेन्यामीन कुलका मानिसहरू हुन्।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 8: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.