उनले सोलोमनलाई भने, “मेरो छोरो, म तिमीलाई यो आदेश दिन्छु कि आफ्ना बुबाका परमेश्वरलाई ग्रहण गरी तन मनले उहाँको सेवा गर। उहाँले हाम्रा सबै सोच र कामनाहरू जान्नुहुन्छ। तिमी उहाँको शरणमा गयौ भने उहाँले तिमीलाई ग्रहण गर्नुहुनेछ। तर तिमीले उहाँलाई त्याग्यौ भने उहाँले तिमीलाई सदाको निम्ति त्याग्नुहुनेछ। तिमीले यो कुरा थाहा गर्नुपर्छ कि परमप्रभुले आफ्नो पवित्र मन्दिर बनाउन तिमीलाई चुन्नुभएको छ। र अब दृढ सङ्कल्प लिएर सो काम गर।” दाऊदले सोलोमनलाई मन्दिरका भवनहरूका र सबै भण्डार कोठा र अन्य कोठाहरू र पाप क्षमा गरिने महा-पवित्रस्थानमा रेखा चित्रहरू दिए। उनले आफूले सोचेका चोकहरू, तिनका चारैतिरका कोठाहरू, मन्दिरका सामग्रीहरू र परमप्रभुलाई अर्पण गरिएका भेटीहरू राख्ने कोठाहरूका रेखा-चित्रहरू पनि दिए। दाऊदले तिनलाई पूजाहारी र लेवीहरूका काम, मन्दिरका सेवकार्य र मन्दिरका भाँडा-कुँडा जतन गर्ने काम सञ्चालन गर्ने योजना पनि दिए। उनले भाँडा-कुँडा, दियो र सामदान, चाँदीका टेबिल र परमेश्वरलाई भेटी चढाएका रोटी राख्ने सुनका टेबिलहरू बनाउन कति-कति सुन र चाँदी चलाउनुपर्छ, त्यो पनि आदेश दिए। उनले काँटा, बटुका, कलश, धूप जलाउने वेदी र परमप्रभुको करारको सन्दुकमाथि पखेटा फैलाई खडा भएका करूबहरूको रथ बनाउन कति-कति निखुर सुन र थाल, बटुका बनाउन कति सुन र चाँदी लगाउनुपर्छ, त्यो पनि आदेश दिए। दाऊद राजाले भने, “परमप्रभु आफैंले कसरी काम गर्नू भनी मलाई दिनुभएको ज्ञानअनुसार लेखिएका योजनाभित्र यी कुराहरू छन्।” दाऊद राजाले आफ्ना छोरा सोलोमनलाई भने, “भरोसा राख र सङ्कल्प गर। काम सुरु गर र केही कुराले त्यसलाई रोक्न नदेऊ। परमप्रभु परमेश्वर, जसको म सेवा गर्दछु, तिमीसित रहनुहुनेछ। उहाँले तिमीलाई त्याग्नुहुन्न र मन्दिर बनाउन गर्नुपर्ने काम तिमीले नसकेसम्म उहाँ तिमीसित रहनुहुनेछ।
१ इतिहास 28 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 28:9-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू