१ इतिहास 28:9-20
१ इतिहास 28:9-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनले सोलोमनलाई भने, “मेरो छोरो, म तिमीलाई यो आदेश दिन्छु कि आफ्ना बुबाका परमेश्वरलाई ग्रहण गरी तन मनले उहाँको सेवा गर। उहाँले हाम्रा सबै सोच र कामनाहरू जान्नुहुन्छ। तिमी उहाँको शरणमा गयौ भने उहाँले तिमीलाई ग्रहण गर्नुहुनेछ। तर तिमीले उहाँलाई त्याग्यौ भने उहाँले तिमीलाई सदाको निम्ति त्याग्नुहुनेछ। तिमीले यो कुरा थाहा गर्नुपर्छ कि परमप्रभुले आफ्नो पवित्र मन्दिर बनाउन तिमीलाई चुन्नुभएको छ। र अब दृढ सङ्कल्प लिएर सो काम गर।” दाऊदले सोलोमनलाई मन्दिरका भवनहरूका र सबै भण्डार कोठा र अन्य कोठाहरू र पाप क्षमा गरिने महा-पवित्रस्थानमा रेखा चित्रहरू दिए। उनले आफूले सोचेका चोकहरू, तिनका चारैतिरका कोठाहरू, मन्दिरका सामग्रीहरू र परमप्रभुलाई अर्पण गरिएका भेटीहरू राख्ने कोठाहरूका रेखा-चित्रहरू पनि दिए। दाऊदले तिनलाई पूजाहारी र लेवीहरूका काम, मन्दिरका सेवकार्य र मन्दिरका भाँडा-कुँडा जतन गर्ने काम सञ्चालन गर्ने योजना पनि दिए। उनले भाँडा-कुँडा, दियो र सामदान, चाँदीका टेबिल र परमेश्वरलाई भेटी चढाएका रोटी राख्ने सुनका टेबिलहरू बनाउन कति-कति सुन र चाँदी चलाउनुपर्छ, त्यो पनि आदेश दिए। उनले काँटा, बटुका, कलश, धूप जलाउने वेदी र परमप्रभुको करारको सन्दुकमाथि पखेटा फैलाई खडा भएका करूबहरूको रथ बनाउन कति-कति निखुर सुन र थाल, बटुका बनाउन कति सुन र चाँदी लगाउनुपर्छ, त्यो पनि आदेश दिए। दाऊद राजाले भने, “परमप्रभु आफैंले कसरी काम गर्नू भनी मलाई दिनुभएको ज्ञानअनुसार लेखिएका योजनाभित्र यी कुराहरू छन्।” दाऊद राजाले आफ्ना छोरा सोलोमनलाई भने, “भरोसा राख र सङ्कल्प गर। काम सुरु गर र केही कुराले त्यसलाई रोक्न नदेऊ। परमप्रभु परमेश्वर, जसको म सेवा गर्दछु, तिमीसित रहनुहुनेछ। उहाँले तिमीलाई त्याग्नुहुन्न र मन्दिर बनाउन गर्नुपर्ने काम तिमीले नसकेसम्म उहाँ तिमीसित रहनुहुनेछ।
१ इतिहास 28:9-20 पवित्र बाइबल (NERV)
“अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ। सुलेमान, तैंले यो बुझ्नु पर्छ कि परमेश्वरले उहाँको पवित्र स्थान अर्थात मन्दिर निर्माण गर्नको निम्ति तँलाई चुन्नु भएको छ। शक्ति-शालीबन् र काम पूर्ण गर्।” त्यसपछि दाऊदले आफ्ना छोरा सुलेमानलाई मन्दिर निर्माण गर्ने योजनाहरू दिए। ती योजनाहरू मन्दिरको चारै तिरका दलान अनि त्यसका भण्डार कक्षहरू, माथिल्ला कोठाहरू, भित्री कोठाहरू अनि दया आसनका स्थानको निम्ति पनि थिए। दाऊदले मन्दिरका सबै अंशका योजनाहरू बनाएका थिए। दाऊदले ती योजनाहरू सुलेमानलाई दिए। दाऊदले तिनलाई परमप्रभुको मन्दिर वरिपरिका आँगान अनि त्यस वरिपरिका सबै कोठाहरूका योजनाहरू दिए। दाऊदले तिनलाई मन्दिरको भण्डार कक्षहरू अनि ती भण्डार कक्षहरू जहाँ मन्दिरमा प्रयोग गरिने पवित्र वस्तुहरू राख्थे त्यसका योजनाहरू दिए। दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने। दाऊदले सुलेमानलाई मन्दिरमा प्रयोग गरिने वस्तुहरू बनाउन कति सुन अनि चाँदी प्रयोग गर्नु पर्छ-त्यस विषयमा पनि भने। सुनका दियो र सामदानहरूका निम्ति योजना बनाएका थिए, अनि चाँदीका दियो अनि सामदानहरूका निम्ति योजानहरू थिए। दाऊदले सुलेमानलाई प्रत्येक सामदान अनि दियोका निम्ति कति सुन वा चाँदी प्रयोगगर्नु पर्छ सो भने। जहाँ भिन्दा भिन्दै सामदानहरू आवश्यक हुन्छ त्यहाँ प्रयोग गर्नुपर्ने थियो। पवित्र रोटीको निम्ति प्रयोग गरिने प्रत्येक टेबलको निम्ति कति सुन प्रयोगगर्नु पर्छ सो दाऊदले भने। चाँदीका मेचका निम्ति कति चाँदी प्रयोग गर्नुपर्छ सो दाऊदले भने। काँटा, छर्कने कचौरा, अनि कलशहरू बनाउन कति शुद्ध सुन प्रयोगगर्नु पर्छ दाऊदले सो पनि भने। प्रत्येक सुनका थाली बनाउन कति सुन प्रयोगगर्नु पर्छ अनि प्रत्येक चाँदीका रिकापी बनाउन कति चाँदी प्रयोग गर्नुपर्ने सो दाऊदले भने। दाऊदले भने, धूप-वेदी बनाउनलाई शुद्ध सुन प्रयोगगर्ने विषयमा पनि भने। दाऊदले सुलेमानलाई करूबहरूकोलागि सुनको रथको विषयमा पनि वर्णन गरे। तिनीहरूका पखेंटाहरू परमप्रभुको करारको सन्दूक माथि फैलिनु पर्छ। ती करूब स्वर्गदूतहरू सुनले बनिएका थिए। दाऊदले भने, “यी सबै योजनाहरू परमप्रभुले मलाई अगुवाइ गर्नुभए अनुसार लेखिएका हुन्। परमप्रभुले मलाई योजनामा भएका हरेक चीज बुझ्नमा मद्दत गर्नुभयो।” दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी होऊ अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्।
१ इतिहास 28:9-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“अनि तिमी सोलोमन मेरा छोराचाहिँ, तिम्रा पिताका परमेश्वरलाई आफ्नै ईश्वर मान, र सारा हृदय र राजीखुशीको मनले उहाँको सेवा गर। किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाहा पाउनुहुन्छ। यदि उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्याग्यौ भने उहाँले तिमीलाई सधैँको निम्ति इन्कार गर्नुहुनेछ। यसैले याद राख, परमेश्वरले आफ्नो पवित्रस्थानको निम्ति एउटा भवन निर्माण गर्न तिमीलाई नै चुन्नुभएको छ। दृढ़ होऊ, र त्यो काम पूरा गर।” तब दाऊदले आफ्ना छोरा सोलोमनलाई मन्दिरको दलान र त्यसका घर, भण्डार, कौसी, भित्री कोठाहरू र प्रायश्चित गर्ने ठाउँका नक्शा दिए। आत्माले तिनको मनमा राख्नुभएका सबै कुराअनुसार तिनले परमप्रभुको मन्दिरका चोकहरू र चारैपट्टिका कोठाहरू, परमेश्वरको मन्दिरका भण्डारहरू र अर्पण गरिएका भेटी राख्ने भण्डारहरूका निम्ति नक्शाहरू दिए। लेवी र पूजाहारीहरूका दल-दलका निम्ति र परमप्रभुको मन्दिरका सेवामा गरिने सबै काम र त्यसमा प्रयोग गरिने सबै भाँड़ाहरूका निम्ति निर्देशनहरू तिनलाई दिए। विभिन्न सेवामा प्रयोग गरिने सबै सुनका भाँड़ाहरूका निम्ति सुनका तौल, र सबै चाँदीका भाँड़ाहरूका निम्ति चाँदीका तौल तिनले तोकिदिए। तिनले सुनका सामदान र तिनका दियाहरूका निम्ति र चाँदीका सामदान र तिनका दियाहरूका निम्ति चाहिँदो तौल तोकिदिए। भेटीका रोटीको हरेक टेबिलको निम्ति सुनको तौल, र चाँदीका टेबिलहरूका निम्ति चाँदीको तौल तिनले तोकिदिए। तिनले काँटाहरू, छर्कने बाटाहरू र करुवाहरूका निम्ति निखुर सुनको तौल, अनि हरेक सुन र चाँदीको भाँड़ाको निम्ति सुनचाँदीको चाहिँदो तौल तोकिदिए। धूप-वेदीको निम्ति पनि निखुर सुनको तौल तिनले तोकिदिए। रथको निम्ति, अर्थात् आफ्ना पखेटाहरू फैलाएर परमप्रभुका करारको सन्दूकलाई छेक्ने सुनका करूबहरूका निम्ति पनि तिनले नक्शा दिए। दाऊदले भने, “यी सबै परमप्रभुकै हातले बनाएको नक्शा हो, र यसका सम्पूर्ण ससाना कामहरू उहाँले मलाई बुझाउनुभएको छ।” दाऊदले आफ्ना छोरा सोलोमनलाई यसो पनि भने, “बलिया र आँटिला होऊ र यो काम गर। नडराऊ र निरुत्साहित नहोऊ, किनकि परमप्रभु परमेश्वर, मेरा परमेश्वर तिम्रो साथमा हुनुहुनेछ। परमप्रभुको मन्दिरका सेवाको निम्ति सबै चाहिँदो काम तिमीले पूरा नगरुञ्जेल उहाँले न त तिमीलाई निराश तुल्याउनुहुनेछ न तिमीलाई त्याग्नुहुनेछ।
१ इतिहास 28:9-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“अनि तँ, हे मेरो छोरा सोलोमन, तैँलेचाहिँ आफ्ना पिताका परमेश्वरलाई चिनेर साँचो हृदय र सारा मनले उहाँको सेवा गर्नू; किनकि याहवेहले प्रत्येकको हृदयलाई जाँच गर्नुहुन्छ; किनकि उहाँले मनको हरेक विचार बुझ्नुहुन्छ। यदि तैँले उहाँलाई खोजी गरिस् भने तैँले उहाँलाई भेट्टाउनेछस्; तर यदि तैँले उहाँलाई त्यागिस् भने उहाँले तँलाई सधैँका निम्ति त्याग्नुहुनेछ। अब होशियार बन्; किनकि याहवेहले तँलाई एउटा पवित्रस्थानको रूपमा भवन बनाउनका निम्ति चुन्नुभएको छ। अब साहसी बनेर यो काम सुरु गर्।” तब दावीदले मन्दिरको दलानको नमुना, त्यसको सेरोफेरो, त्यसका भण्डारहरू, त्यसका माथिल्ला कोठाहरू, त्यसका भित्री कोठाहरू र पाप समाधान-स्थानको ठाउँको नमुनाहरू आफ्ना छोरा सोलोमनलाई दिए। दावीदले याहवेहको मन्दिरका चोकहरू र चारैतिरका कोठाहरू, परमेश्वरको मन्दिरका भण्डारहरू र अर्पण गरिएका चीजहरूका भण्डारहरूको नमुना, ती सबै कुराहरूको निर्माणको नमुनाहरू, जुन तिनले आत्माद्वारा पाएका थिए, आफ्ना छोरा सोलोमनलाई दिए। दावीदले सोलोमनलाई पुजारीहरू र लेवीहरूका दलहरूको निम्ति, याहवेहको मन्दिरमा सेवाका सबै कामका निम्ति र साथै मन्दिरको सेवामा प्रयोग गरिने सबै चीजहरूका निम्ति निर्देशन दिए। तिनले विभिन्न प्रकारका सेवाहरूमा प्रयोग गरिने सुनका सामग्रीहरू, चाँदीका सामग्रीहरूका निम्ति चाहिने सुन र चाँदीको तौल तोकिदिए। सुनका पानसहरू र त्यसका बत्तीहरूका निम्ति प्रत्येक पानस र त्यसका बत्तीहरूका तौल बमोजिम सुन दिए; अनि चाँदीका पानसहरूको प्रयोगअनुसार प्रत्येक चाँदीको पानस र त्यसका बत्तीहरूका निम्ति चाँदीको तौल तोकिदिए। पवित्र रोटी राख्नलाई प्रयोग गरिने हरेक टेबुलका निम्ति सुनको तौल, चाँदीका टेबुलहरूका निम्ति चाँदीको तौल तोकिदिए; काँटाहरू, छर्कने कचौराहरू, सुराहीहरूका निम्ति निखुर सुनको तौल; प्रत्येक सुनको भाँडाको निम्ति सुनको तौल; प्रत्येक चाँदीको भाँडाको निम्ति चाँदीको तौल; अनि धूप वेदीको निम्ति खारिएको सुनको तौल दिए। तिनले सुनको रथ बनाउने नमुना पनि तिनलाई दिए, अर्थात् पखेटा फैलाएका सुनका करूबहरू, जसले याहवेहको करारको सन्दुकमाथि छाया पार्दथे; त्यो रथ बनाउनका निम्ति चाहिने निखुर सुन दिए। दावीदले भने, “याहवेहको हात ममाथि भएको कारण यी सम्पूर्ण लिखित कुरा मसँग छन्। अनि उहाँले मलाई यस योजनाको सम्पूर्ण विवरण बुझ्नलाई समझ दिनुभयो छ।” दावीदले आफ्ना छोरा सोलोमनलाई पनि भने, “बलियो र साहसी भएर यो काम गर्! नडरा र निराश नहो, किनकि याहवेह परमेश्वर, मेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। याहवेहको मन्दिरको सेवाका निम्ति सबै कामहरू पूरा नभएसम्म उहाँले तँलाई छोड्नुहुनेछैन, अर्थात् त्याग्नुहुनेछैन।