१ इतिहास 24
24
पूजाहारीहरूलाई दिइएको काम
1हारूनका सन्तान यसरी दलमा बाँडिएका थिए। हारूनका चार छोराहरू थिए— नादाब, अबीहू, एलाजार र ईतामार। 2#लेवी 10:1,2नादाब र अबीहू आफ्ना बुबाको मृत्युअघि नै मरे र तिनीहरूको कोही सन्तान भएन। यसकारण तिनका भाइ एलाजार र ईतामार पूजाहारी भए। 3दाऊद राजाले हारूनका सन्तानलाई तिनीहरूका कामअनुसार दल-दलमा छुट्ट्याए। त्यस काममा उनलाई एलाजारको छोरो सादोक र ईतामारको छोरो अहीमेलेकले सघाए। 4एलाजारका सन्तान सोह्र दलमा बाँडिएका थिए र ईतामारका सन्तान आठ दलमा बाँडिएका थिए। त्यसो गरेको कारणचाहिँ एलाजारका सन्तानमा ईतामारको भन्दा धेरै परिवारका प्रधान पुरुषहरू थिए। 5एलाजार र ईतामार दुवैका सन्तानमा मन्दिरका भारदारहरू र आत्मिक अगुवाहरू भएका हुनाले चिट्ठा हालेर तिनीहरूलाई काममा खटाउँथे। 6चिट्ठा हाल्ने काम पनि एलाजार र ईतामारका सन्तानले पालैपालो गर्थे। त्यसपछि तिनीहरूको नाम एक जना लेवी सचिव नतनेलको छोरो शमायाहले लेख्थे। राजा, राजाका भारदारहरू, पूजाहारी सादोक, अबियाथारको छोरो अहीमेलेक, लेवी परिवार र पूजाहारी परिवारका प्रधानहरू सबै साक्षी बस्थे।
7-18एकपछि अर्को गरी ती चौबीस दलहरूलाई यसरी काममा खटाइन्थ्यो:
१) यहोयारीब २) यदायाह ३) हारीम ४) सोरीम ५) मल्कियाह ६) मियामीन ७) हक्कोस ८) अबिया ९) येशूअ १०) शकन्याह ११) एल्यासीब १२) याकीम १३) हुप्पा १४) येशेबाब १५) बिल्गा १६) इम्मेर १७) हेजीर १८) हप्पिसेस १९) पतहियाह २०) यहेजकेल २१) याकीन २२) गमूएल २३) दलायाह र २४) माज्याह।
19ती मानिसहरूका नाम तिनीहरूले गर्नुपर्ने कामअनुसार लेखिन्थे। तिनीहरूले आफ्ना पुर्खा हारूनले परमप्रभु इस्राएलका परमेश्वरका आज्ञापालन गरी सुरु गरेका कामहरू मन्दिरमा गर्थे।
लेवीहरूको सूची
20लेवीका सन्तानबाट अरू परिवारका प्रधानहरू यिनीहरू थिए— अम्रामको वंशमा शूबाएलका सन्तानबाट यहेदयाह, 21रहब्याहको सन्तानबाट यिशियाह, 22यिसहारका वंशमा शलोमोतका सन्तानबाट यहत, 23उमेरअनुसार हेब्रोनका छोरा यरियाह, अमर्याह, यहासेल र यकमाम, 24उज्जीएलका वंशका मीकाका सन्तानबाट शामीर, 25उज्जीएलका वंशमा मीकाका भाइ यिश्याहको सन्तानबाट जकरिया, 26मरारीका वंशबाट महली, मूशी र याजियाह। 27याजियाहका तीन छोराहरू थिए— बनो, शोहम, जक्कूर र इब्री। 28-29महलीका दुई छोराहरू थिए— एलाजार र कीश। एलाजारको कुनै छोरो थिएन तर कीशको एउटा छोरो थियो। यरहमेल। 30मूशीका तीन छोराहरू थिए— महली, एदेर र यरीमोत।
यी लेवीका परिवार हुन्।
31परिवारका प्रधान र उनको एक भाइले काम बाँड्न सबै जनाको निम्ति चिट्ठा हाल्थे। तिनीहरूका कुटुम्बले हारूनका सन्तानमा जन्म भएका पूजाहारीहरूले झैँ तिनीहरूले चिट्ठा हाल्थे। दाऊद राजा, सादोक, अहीमेलेक र पूजाहारी र लेवी परिवारका प्रधानहरू साक्षी बस्थे।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 24: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.