१ इतिहास 23
23
1 #
१ राजा 1:1-40
दाऊद धेरै बुढो भएपछि उनले आफ्ना छोरा सोलोमनलाई इस्राएलका राजा बनाए।
लेवीहरूको काम
2दाऊद राजाले इस्राएलका सबै अगुवाहरू, पूजाहारीहरू र लेवीहरूलाई भेला गरे। 3उनले तीस वर्ष वा त्योभन्दा बढी उमेर भएका लेवी पुरुषहरूको गन्ती लिए। तिनीहरू जम्मा अठ्तीस हजार थिए। 4राजाले चौबीस हजारलाई मन्दिरको काम रेखदेख गर्न, छ हजारलाई अधिकृत र न्याय गर्ने कामहरू, 5पहरा दिन चार हजार र आफूले दिएका बाजा-गाजा बजाएर परमप्रभुको स्तुति गाउन चार हजारलाई खटाए।
6दाऊदले लेवीहरूलाई तिनका गोत्रअनुसार गेर्शोन, कहात र मरारी गरी तीन दलमा छुट्ट्याए।
7गेर्शोनका दुई छोराहरू थिए— लादान र शिमी। 8लादानका तीन छोराहरू थिए— यहीएल, जेताम र योएल, 9जो लादानका सन्तानका कुल प्रधानहरू थिए। (शिमीका तीन छोराहरू थिए— शलोमोत, हजीएल र हारान। 10-11शिमीका अरू चार छोराहरू थिए। तिनीहरू उमेरअनुसार यहत, जीजा, येऊश र बरीआ हुन्। येऊश र बरीआका धेरै सन्तान थिएनन् र तिनीहरू एउटै गोत्रका गनिन्थे।
12कहातका चार छोराहरू थिए— अम्राम, यिसहार, हेब्रोन र उज्जीएल। 13#प्रस्थान 28:1उनका जेठा छोरा अम्राम, हारून र मोशाका बुबा थिए। (हारून र उनका सन्तानलाई सदासर्वदाको लागि पवित्र सामानको रेख-देख गर्न, परमप्रभुको आराधनामा धूप बाल्नु उहाँको सेवा गर्न र उहाँको नाममा मानिसहरूलाई आशीर्वाद दिन अलग गरिएको थिए। 14तर परमेश्वरका जनहरू मोशाका छोराहरूचाहिँ लेवीकै दलमा राखिएका थिए। 15मोशाका दुई छोराहरू गेर्शोम र एलीएजर थिए। 16गेर्शोमका सन्तानको मुखिया शूबाएल थिए। 17एलीएजरका एउटा मात्र छोरा रहब्याह थिए; तर रहब्याहका सन्तान धेरै थिए।
18कहातका माहिला छोरा यिसहारका एउटा छोरा शलोमीत थिए, उनी आफ्ना गोत्रका मुखिया थिए। 19कहातका साहिँला छोरा हेब्रोनका चार छोराहरू थिए— यरियाह, अमर्याह, यहासेल र यकमाम। 20कहातका कान्छा छोरा उज्जीएलका दुई छोराहरू थिए— मीका र यिशियाह।
21मरारीका दुई छोराहरू थिए— महली र मूशी। महलीका दुई छोराहरू थिए— एलाजार र कीश; 22तर एलाजारका छोरीहरू मात्र थिए, एउटै छोरो नजन्मीकनै उनको मृत्यु भयो। उनका छोरीहरूले आफ्ना दाजुभाइ अथवा कीशका छोराहरूसित विवाह गरे। 23मरारीका माहिला छोरा मूशीका तीन छोराहरू थिए— महली, एदेर र यरीमोत।
24यिनीहरू गोत्र-गोत्र र परिवार— परिवारअनुसार र नाम लेखिए बमोजिम लेवीका सन्तान थिए। बीस वर्ष वा त्यसभन्दा बढी उमेर भएका लेवीका यी सन्तानले परमप्रभुको मन्दिरको सेवाकार्यमा एउटा न एउटा भाग लिनुपर्थ्यो।
25दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना प्रजालाई शान्ति दिनुभएको छ र उहाँ आफैं यरूशलेममा सदाकालको निम्ति बास गर्नुहुनेछ। 26#व्यवस्था 10:8यसकारण लेवीहरूले परमप्रभुले बास गर्ने पवित्र पाल र आराधनामा चलाइने सामान बोकी हिँड्ने अब प्रयोजन छैन।” 27दाऊदको अन्तिम आदेशअनुसार बीस वर्ष पुगेपछि सबै लेवीहरूले सेवा गर्न आफ्ना नाम लेखाए 28#गन्ती 3:5-9र तिनीहरूलाई यी काम दिइयो— हारूनका सन्तानमा जन्मिएका पूजाहारीहरूलाई मन्दिरको आराधना कार्यमा सघाउन, मन्दिरका कोठा र चोकहरूको रेख-देख गर्न र सबै पवित्र सामानहरू शुद्ध राख्न, 29परमेश्वरलाई चढाइएका रोटी, भेटीमा चढाइएको पिठो, अखमिरी रोटी, पकाएको अन्नबलि र जैतुनको तेल मिसाएको पिठोको जिम्मा लिन, मन्दिरमा चढाइएका भेटीहरूको तौल र नाप लिन, 30-31र हरेक बिहान र साँझ अनि जहिले-जहिले विश्रामको दिन वा औँसीको दिन र अरू चाड-बाडको दिन परमप्रभुलाई बलि चढाइन्छन्, त्यस बेला परमप्रभुलाई प्रशंसा गर्न र महिमा दिन प्रत्येक पल्ट यो कार्य गर्न खटाइने लेवीहरूको सङ्ख्या तोकेर नियमहरू बनाइएका थिए। सबै समयमा परमप्रभुलाई आराधना गर्ने काम लेवीहरूलाई दिइएको थियो। 32परमप्रभु बास गर्ने पवित्र पाल र पवित्रस्थान रेख-देख गर्ने र आफ्ना कुटुम्ब हारूनका सन्तानमा भएका पूजाहारीहरूलाई मन्दिरको आराधना कार्यमा सघाउने कामको भार तिनीहरूलाई दिइएको थियो।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 23: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.