सपन्याह पुस्तक परिचय
पुस्तक परिचय
सपन्याहको अर्थ “परमेश्वरमा लुकाइएको” हो। सपन्याह यहूदाको निम्ति भविष्यवक्ता थिए। अरू भविष्यवक्ताहरू मध्ये उनी समाजमा उच्च घरानाका व्यक्ति थिए। उनी यहूदाका राजा हिजकियाका खनाती थिए। उनी योशियाह राजाको पनि टाढाको नाता पर्ने व्यक्ति थिए जसको पालामा (६२५ ई.पू.) यो भविष्यवाणी उनीकहाँ आयो।
सपन्याहले यो भविष्यवाणी बेबिलोनको दासत्वमुनि पहिलो कैदमा लान भन्दा २० वर्षअघि यहूदाको निम्ति घोषणा गरे।
उनले परमेश्वरको न्यायले केवल पापको न्याय मात्र गर्नुहुने छैन, तर जसले आफ्नो पापको पश्चात्ताप गर्छ त्यसको निम्ति उद्धारको योजना पनि छ भनी देखाएको थियो।
१:१—३:८ मा न्याय र ३:९-२० मा आशिष्को विषयका प्रमुख खण्डहरूमा विभाजित छन्।
अहिले सेलेक्ट गरिएको:
सपन्याह पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012