YouVersion लोगो
खोज आइकन

तीतस पुस्तक परिचय

पुस्तक परिचय
तिमोथी जस्तै, तीतस आत्मिक तवरले “साँचो बालक” थिए (तीतस १:४)। पावलले तीतसलाई “मेरा सहभागी र… सहकर्मी” भनेका छन्‌ (२ कोरिन्थी ८:२३), र कोरिन्थीहरूले यरूशलेमका गरीब विश्‍वासीहरूका निम्ति उठाएको भेटी तयार पारिराख्‍नू भनेर पावलले तीतसलाई कोरिन्थमा पठाएका थिए (२ कोरिन्थी ८:१६-१७; ९:५; १२:१८)। त्यसपछि पावल र तीतसले भर्खरै स्थापित गरेका ख्रीष्‍टियान मण्‍डलीहरूका विभिन्‍न कुरा मिलाउन र हरेक ठाउँमा एल्डरहरू अथवा धर्म-गुरूहरूलाई नियुक्त गर्नलाई पावलले तीतसलाई क्रेटमा छोडे (तीतस १:५)। क्रेट भूमध्यसागरमा भएको ग्रीसको दक्षिणपट्टि रहेको ठूलो टापू हो (हेर्नोस्‌ प्रेरित २७:७-८,१२-१३)। यही पत्र तीतस क्रेटमा हुँदा पावलले लगभग ईस्वी सम्बत्‌ ६३-६५ मा तिनलाई पठाएका हुन्‌। २ तिमोथी ४:१० अनुसार, क्रेटमा भएको तीतसको काम सकिएपछि पावलले तिनलाई दलमातिया (अहिलेको युगोस्लाभिया) मा पठाए। नयाँ करारमा दलमातिया भन्‍ने ठाउँको नाम इल्‍लुरिकन पनि छ (रोमी १५:१९)।

अहिले सेलेक्ट गरिएको:

तीतस पुस्तक परिचय: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्