के तिमीहरू जान्दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्यसको कमारा पनि हुन्छौ? कि त मृत्युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको? तर परमेश्वरलाई धन्यवाद होस्, कि तिमीहरू, जो एक पल्ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्पिएका थियौ, त्यो हृदयले पालन गर्ने भएका छौ। तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ। तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्न सकिने भाषामा बोलिरहेको छु। किनकि जसरी तिमीहरूले एक पल्ट आफ्ना अङ्गहरूलाई अशुद्धता र झन्-झन् बढ़ी अपराधका निम्ति समर्पण गर्यौ, अब त्यसरी नै पवित्रकरणको निम्ति आफ्ना अङ्गहरूलाई धार्मिकताको निम्ति समर्पण गर। तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्वतन्त्र थियौ। अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? ती कुराहरूको अन्त्यचाहिँ मृत्यु हो। तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्यसको अन्त्यचाहिँ, अनन्त जीवन।
रोमी 6 पढ्नुहोस्
सुन्नुहोस् रोमी 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 6:16-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू