YouVersion लोगो
खोज आइकन

रोमी 4:18-25

रोमी 4:18-25 NNRV

“तेरा सन्‍तान पनि यस्‍तै असंख्‍य हुनेछन्‌” भनेर परमेश्‍वरले भन्‍नुभएअनुसार, आशा पटक्‍कै नहुँदा पनि अब्राहामले आशा राखी विश्‍वास गरे, र यसरी उनी धेरै जातिहरूका पिता बने। प्राय: सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्‍य भइसकेको आफ्‍नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्‍वासमा कमजोर भएनन्‌। परमेश्‍वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्‍नो विश्‍वासमा दह्रिलो भएर उनले परमेश्‍वरलाई महिमा दिए। प्रतिज्ञा गर्नुभएको कुरा परमेश्‍वरले गर्न पनि सक्‍नुहुन्‍छ भन्‍ने अब्राहामलाई पूरा निश्‍चय थियो। यसैकारण पनि उनको विश्‍वास “उनको निम्‍ति धार्मिकता गनियो।” धार्मिकता “गनिएको हो” भन्‍ने यो वचन उनैको खातिर मात्र लेखिएको होइन, तर हाम्रा निम्‍ति पनि हो। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्‍वास गर्छौं, यो हाम्रा निम्‍ति पनि गनिनेछ। उहाँ हाम्रा अपराधहरूका निम्‍ति मारिनुभयो, र हामीलाई धर्मी तुल्‍याउनलाई जीवित पारिनुभयो।