अब, शरीरअनुसारका हाम्रा पुर्खा अब्राहामको सम्बन्धमा हामी के भनौं त? यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए उनलाई घमण्ड गर्ने केही ठाउँ रहनेथियो, तर परमेश्वरको अगाडि त होइन। किनकि पवित्र-शास्त्रले के भन्छ? “अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो।” अब काम गर्नेले जुन ज्याला पाउँछ त्यो दान होइन, तर त्यो उसको पाउने हक हो। जसले कर्मचाहिँ गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुने परमेश्वरमाथि भरोसा राख्तछ, त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ। परमेश्वरले कर्मविना नै धार्मिक गन्नुहुने मानिसलाई यी वचनद्वारा दाऊदले धन्यका भन्छन्, “तिनीहरू धन्यका हुन्, जसका अपराधहरू क्षमा भएका छन्, र जसका पापहरू ढाकिएका छन्। त्यो मानिस धन्यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्न।” के यो आशीर्वाद खतनावालहरूका निम्ति मात्र हो? कि बेखतनावालहरूका निम्ति पनि हो? अब्राहामको निम्ति त उनको विश्वास नै धार्मिकता गनिएको थियो भनी हामी भन्दछौं। तब कसरी यो उनको निम्ति धार्मिकता गनियो? उनको खतना हुनभन्दा अघि वा पछि? उनको खतना भइसकेपछि होइन, तर अघि। खतना नहुँदै विश्वासद्वारा पाउने धार्मिकताको चिन्ह वा छाप स्वरूप उनले खतना पाएका थिए। खतनाविनै विश्वास गरेर धर्मी गनिएका सबैका उनी पिता होऊन् भन्ने उद्देश्यले यो भएको हो। उनी ती खतनावालहरूका पनि पिता हुन्, जसका खतना भएको मात्र होइन, तर जसले विश्वासको त्यही नमूनालाई पछ्याउँछन्, जुन विश्वास खतना हुन अघि हाम्रा पिता अब्राहाममा थियो। संसारको उत्तराधिकारी हुनलाई अब्राहाम र उनको वंशलाई दिइएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन, तर विश्वासको धार्मिकताद्वारा आएको हो। यदि व्यवस्था पालन गर्नेहरू मात्र उत्तराधिकारी हुन्छन् भनेता विश्वास रद्द र प्रतिज्ञा व्यर्थ हुन्छ। किनभने व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि हुँदैन।
रोमी 4 पढ्नुहोस्
सुन्नुहोस् रोमी 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 4:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू