YouVersion लोगो
खोज आइकन

रोमी 3:21-28

रोमी 3:21-28 NNRV

तर अब त व्‍यवस्‍थाविनै परमेश्‍वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्‍यसैको गवाही व्‍यवस्‍था र अगमवक्ताहरूले दिएका छन्‌। येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैमाथि परमेश्‍वरको धार्मिकता विश्‍वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन, किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌। परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌। परमेश्‍वरले ख्रीष्‍टलाई उहाँको रगतद्वारा प्रायश्‍चितको बलिदान स्‍वरूप प्रस्‍तुत गर्नुभयो, जुन प्रायश्‍चित विश्‍वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्‍वरले आफ्‍नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्‍वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्‍ता गर्नुभएको थिएन। परमेश्‍वर आफै धर्मी हुनुहुन्‍छ र येशूमा विश्‍वास राख्‍नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्‍छ भन्‍ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो। तब हाम्रो घमण्‍ड कहाँ गयो? त्‍यसको त ठाउँ नै छैन। कुन सिद्धान्‍तमा यसो गर्ने त? यो कर्मको सिद्धान्‍तद्वारा हुने? कदाचित्‌ होइन! यो त विश्‍वासको सिद्धान्‍तबाट मात्र हुन सक्‍छ। यसकारण व्‍यवस्‍थाका कर्महरूको पालनविना विश्‍वासद्वारा नै मानिस धर्मी ठहरिन्‍छ भनी हामी ठान्‍छौं।

रोमी 3:21-28 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति