रोमी 2:25-29

रोमी 2:25-29 NNRV

व्‍यवस्‍था पालन गर्दछौ भनेता खतनाबाट साँच्‍चै लाभ हुन्‍छ, तर व्‍यवस्‍था उल्‍लङ्घन गर्दछौ भनेता तिम्रो खतना बेखतना हुन्‍छ। यदि शरीरमा बेखतना भएकोले व्‍यवस्‍थाका धार्मिक-विधान पालन गर्दछ भने, के त्‍यसको बेखतना खतना नै गनिनेछैन र? तब शरीरमा खतना नभएर पनि व्‍यवस्‍थाचाहिँ पालन गर्नेहरूले, लिखित व्‍यवस्‍था भएका र खतना पनि भएका तिमीहरू व्‍यवस्‍था उल्‍लङ्घन गर्नेहरूलाई दोषी ठहराउँछन्‌। बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्‍यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन। यहूदी त्‍यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्‍मिक कुरा हो, लिखित व्‍यवस्‍थाको कुरा होइन। यस्‍तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्‍छ।