YouVersion लोगो
खोज आइकन

रोमी 15:1-6

रोमी 15:1-6 NNRV

विश्‍वासमा दह्रिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्‍छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ। हामी प्रत्‍येकले आफ्‍नो छिमेकीको आत्‍मिक सुधार होस्‌ भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्‍न राखौं। किनकि ख्रीष्‍टले पनि आफैलाई प्रसन्‍न पार्नुभएन। जसो लेखिएको छ, “तपाईंलाई निन्‍दा गर्नेहरूको निन्‍दा ममाथि पर्‍यो।” अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्‍ति लेखिएका थिए, यस उद्देश्‍यले कि पवित्र-शास्‍त्रबाट आउने स्‍थिरता र उत्‍साहद्वारा हामी आशा प्राप्‍त गर्न सकौं। स्‍थिरता र उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्, कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको महिमा तिमीहरू गर्न सक।