YouVersion लोगो
खोज आइकन

रोमी 13:1-4

रोमी 13:1-4 NNRV

हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌। यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌। किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ। किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।