भाइ हो, मेरो आफ्नो हृदयको इच्छा र तिनीहरूका निम्ति परमेश्वरमा मेरो प्रार्थना यही छ, कि तिनीहरूले उद्धार पाऊन्। म यो गवाही दिन्छु कि परमेश्वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन। किनभने परमेश्वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरका धार्मिकताको अधीनमा रहेनन्। किनभने विश्वास गर्ने धर्मी ठहरिओस् भनेर ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ। मोशा लेख्छन्, “व्यवस्थामा आधारित भएको धार्मिकता पालन गर्ने मानिस त्यसैबाट जिउनेछ।” तर विश्वासमाथि आधारित भएको धार्मिकताले यसो भन्छ, “मन-मनमा यसो नभन, ‘स्वर्गमा को उक्लने’?” (अर्थात् ख्रीष्टलाई तल ल्याउनलाई), वा आफ्नो मनमा यसो पनि नभन, “पातालमा को ओर्लने?” (अर्थात् मरेकाहरूबाट ख्रीष्टलाई माथि ल्याउनलाई)। तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात् विश्वासको वचन, जो हामी प्रचार गर्दछौं। किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। धर्मशास्त्र भन्छ, “उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन।” किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ। किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”
रोमी 10 पढ्नुहोस्
सुन्नुहोस् रोमी 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 10:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू