अबदेखि उसो त्यहाँ कहिल्यै सराप हुनेछैन। परमेश्वर र थुमाको सिंहासन त्यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्। तिनीहरूले उहाँको मुहार देख्नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। त्यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्य गर्नेछन्। तिनले मलाई भने, “यी वचन भरपर्दा र सत्य छन्। अब चाँड़ै हुन आउने कुराहरू आफ्ना दासहरूलाई देखाउन परमप्रभु, अगमवक्ताहरूका आत्माका परमेश्वरले आफ्ना स्वर्गदूत पठाउनुभयो।” “हेर, म चाँड़ै आउँदैछु। यस पुस्तकको अगमवाणीका वचन पालन गर्ने धन्यको हो।” यी कुरा सुन्ने र देख्ने म यूहन्ना हुँ। जब मैले यी कुरा सुनें र देखें, तब मलाई यी कुरा देखाउने स्वर्गदूतको पाउमा दण्डवत् गर्न म घोप्टो परें। तर तिनले मलाई भने, “हेर, तिमीले यसो गर्नुहुँदैन। म त तिम्रो र अगमवाणी बोल्ने तिम्रा भाइहरू र यस पुस्तकका वचन पालन गर्नेहरूका सङ्गी-दास मात्र हुँ। परमेश्वरलाई दण्डवत् गर।” तब तिनले मलाई यसो भने, “यस पुस्तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ।
प्रकाश 22 पढ्नुहोस्
सुन्नुहोस् प्रकाश 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 22:3-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू