प्रकाश 22:13-15

प्रकाश 22:13-15 NNRV

म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ। “जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्‍न पाऊँ भनी आफ्‍ना वस्‍त्र धुनेहरू धन्‍यका हुन्‌। बाहिरचाहिँ कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू र असत्‍य मन पराउने र त्‍यसैमुताबिक चल्‍नेहरू रहन्‍छन्‌।