प्रकाश 21:5-7

प्रकाश 21:5-7 NNRV

सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्‍याउँछु।” उहाँले यसो पनि भन्‍नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्‍य छन्‌।” उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म अल्‍फा र ओमेगा हुँ, आदि र अन्‍त्‍य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु। जसले विजय प्राप्‍त गर्छ त्‍यसले यो उत्तराधिकार पाउनेछ, र म त्‍यसका परमेश्‍वर हुनेछु, र त्‍योचाहिँ मेरो छोरो हुनेछ।