प्रकाश 2:1-5

प्रकाश 2:1-5 NNRV

एफिससका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा सात वटा तारा आफ्‍नो दाहिने हातमा लिने र सात वटा सुनका सामदानका बीचमा हिँड्‌नेले भन्दछ। तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ, र तिमीले खराब मानिसहरूलाई सहन सक्‍दैनौ तर तिनीहरू जसले प्रेरित हुँ त भन्‍दछन्, तर वास्‍तवमा होइनन्, त्‍यस्‍तालाई जाँचेर झूटा भेटाएका छौ भनी म जान्‍दछु। म जान्‍दछु, तिमीहरूले धैर्यपूर्वक सहेका छौ, र मेरो नाउँको खातिर कष्‍ट भोगेका छौ। अनि तिमीहरू थकित भएका छैनौ। तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्‍यागिदिएका छौ। यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्‍झ, र पश्‍चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्‍चात्ताप गरेनौ भने, तिम्रो सामदान त्‍यसको ठाउँबाट हटाउनेछु।