YouVersion लोगो
खोज आइकन

प्रकाश 14:14-19

प्रकाश 14:14-19 NNRV

अनि मैले हेरें, र एउटा सेतो बादल र त्‍यसमाथि बस्‍नुभएको मानिसको पुत्रजस्‍तो एक जनालाई देखें, जसको शिरमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो। अर्को एउटा स्‍वर्गदूत मन्‍दिरबाट बाहिर आए, र बादलमाथि बस्‍नुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिनुहोस्, र कटनी गर्नुहोस्, किनकि कटनीको समय आएको छ, किनभने पृथ्‍वीको बाली पूरै पाकिसकेको छ।” यसरी बादलमाथि बस्‍नुहुनेले आफ्‍नो हँसिया पृथ्‍वीमाथि चलाउनुभयो, अनि पृथ्‍वीको कटनी भयो। अनि स्‍वर्गमा भएको मन्‍दिरबाट एउटा अर्को स्‍वर्गदूत बाहिर आए। तिनीसँग पनि एउटा धारिलो हँसिया थियो। तब वेदीबाट अर्को स्‍वर्गदूत आए, जसको आगोमाथि शक्ति थियो। धारिलो हँसिया लिनेलाई चर्को सोरले तिनले भने, “तिम्रो धारिलो हँसिया चलाऊ, र पृथ्‍वीका अंगूरका झुप्‍पाहरू जम्‍मा गर, किनकि पृथ्‍वीका अंगूर पूरै पाकिसकेका छन्‌।” ती स्‍वर्गदूतले आफ्‍नो हँसिया पृथ्‍वीमा चलाए, र पृथ्‍वीका अंगूरको फसल जम्‍मा गरे, र त्‍यसलाई परमेश्‍वरका क्रोधको ठूलो दाख-कुण्‍डमा फालिदिए।